फिक्कल : सुर्योदय नगरपालिकाले जेष्ठ नागरिकहरु लाई देश दर्शन गराउने भएको छ ।
जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेको नगरपालिकाले नगर भित्र रहेका जेष्ठ नागरिकहरुलाई देश दर्शन कार्यक्रम अन्तर्गत तिर्थयात्रा गराउने भएको हो ।
नगरकार्यपालिकाको सभाबाट पारित कार्यक्रम अन्तर्गत नगर भित्र रहेका जेष्ठ नागरिक जो यस भन्दा अधि इलाम,झापा भन्दा बाहिर नपुगेका तथा अर्थिक रुपमा कम्जोर भएका ६० बर्ष माथिका उमेर समुहमा पर्ने जेष्ठ नागरिकहरुलाई लागि ७ दिने भ्रमण कार्यक्रम अायोजना गरिएको बताईएको छ ।
अागामी मंसिर ९ गते देखि सुरु हुने भ्रमण कार्यक्रममा काठमाडौ ,पोखरा ,लुम्बिनी तथा चितवन लगायतका जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गराईने योजना बनाईएको बताईएको छ ।
उक्त भ्रमण कार्यक्रम अन्तर्गत १ वडा बराबर करिव ५ जना जेष्ठ नागरिकहरु रहने र उनिहरुको साथ मा नगरपालिकाका नगर सभा सदस्य , स्वास्थ्यकर्मीको टोलि रहने नगरपालिकाका प्रबक्ता पेमा उगेन लामा (भाईचुङ)ले नयाँ बुलन्द लाई जानकारी दिएका छन ।
भ्रमण टोलीलाई ९ गते आईतवार बिहान एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख रण बहादुर राईले बिदाइ गर्ने बताईएको छ ।