कन्याम : अाज बिकास भएको बिज्ञान तथा प्रबिधि को प्रयोगले हाम्रो दिन दैनिकी लाई निकै सरल बनाई दिईको छ ।
हरेक क्षेत्रमा नयाँ नयाँ प्रबिधि भित्रिन थालेको छ । यस्तै झण्डै ८०% मानिस अाश्रित रहेको कृषि क्षेत्रमा पनि अाधुनिकीरण को खाँचो रहेको बिज्ञहरुले बताउदै अाएका छन पछिल्लो समयमा पहाडी भेगका किसान हरु समेत कृषि क्षेत्रमा नयाँ नयाँ प्रबिधि प्रयोग गर्न थालेको देखिन्छन् ।
जमिन जोत्ने काममा हाते टयाक्टर प्रयोग को शुरुआत यसैको उदाहरणको रुपमा लिन सकिन्छ । केही समय यता कन्यामको फाजिगाउँ तथा तारगाउँका किसानहरुको अाकर्षण हाते टयाक्टरको प्रयोगमा केन्द्रित रहेको पाईन्छ ।
परम्परागत रुपमा हल गोरुको सहारामा खेती किसानी गर्दै अाएका यहाँका किसान हाते ट्याक्टर प्रयोग गरि कृषि पेसामा रमाउन थालेका छन् । हल गोरु लगाएर दिनभर जोताउदा १५०० देखि २००० सम्म लाग्ने तर हाते ट्याक्टर ले घन्टाको १०००लिएर धेरै दिनभरमा धेरै जनाको जमिन जोत्न सकिने भएकोले अाय अार्जनमा निकै राम्रो हुने गरेको बताईएको छ।
डिजेल बाट चल्ने उक्त हाते ट्याक्टरले जोत्दा डल्लो नबस्ने माटो मसिनो बनाउने तथा गहिरो जोत्ने लगायतका बिशेषता रहेको हाते ट्याक्टर धनी तथा कृषक युवराज पोख्रेल बताउछन ।