देउमाई : देउमाई नगरपालिका जीतपुरमा खोरेत रोगको सङ्क्रम्ण बढेको छ ।
रोगले अहिले सम्म एउटा गोरु मरेको छ भने बिसौ बढी चौपायालाई लाई सो रोगले सताएको जीतपुरका कृषक दामोदर कट्टेलले बताए ।
खोरेत रोगका संन्क्रमित चौपायालाई उपचार भैईरहेको कृशक कट्टेलले बताए । FMD रोग अन्तर्गत भाईरस्को कारण मुख,खुट्टा खुरमा घाउ हुने कुहिने इन्फेक्सन भई जिब्रो मुख खुर घाउ हुने र अन्तमा चौपाया मर्ने गरेको पशु डाक्टर निशान्त शाह को भनाई छ ।
रोगी पशुलाई सफा पानीले घाउ धोईदिएर एन्टिबायोटिक भ्याक्सिन दिए रोगी पशु निको हुने डाक्टर को भनाई छ । खोरेत रोग विरुद्ध भ्याक्सिन नियमित नहानेमा र पहिले प्रभावित क्षेत्रमा यो रोग फेरि सङ्क्रमणको रुपमा देखिने गर्दछ ।