पाँचथर फाल्गुनन्दमा श्रीमान द्वारा श्रीमतीको हत्या

  युद्ध बहादुर बोहोरा
0 Shares

पाँचथर :  फाल्गुनन्द ५,फाक्तेप स्थित साप्ला टोलका एक व्यक्तिले मंगलबार साँझ ५:१५ बजे धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
फाल्गुनन्द ५ बस्ने बर्ष ४३ का नरबहादुर चेम्जोङ उनकी जेठ्ठी श्रीमती अन्दाजी ४४ बर्षीय इन्द्रमाया चेम्जोङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय पाँचथर प्रहरीले जनाएको छ।

घरायसी विवादका कारण श्रीमतीको हत्या गरि फरार पछि फाल्गुनन्द-१, सतेरुप्पामा पक्राउ गरि कान्छी श्रीमतीलाई समेत पक्राउ गरि साथमा लगिएको छ।
मृतक शब पोस्टमार्टमको लागि फिदिम पुर्‍याइएको  बताईएको छ।
निजका जेठ्ठी श्रीमती तर्फ एक छोरी र कान्छी तर्फ एक छोरा/ एक छोरी सहित जम्मा तीन सन्तान छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार