सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेट खेल्ने

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पी.एस.एल) क्रिकेट खेल्ने भएका छन् ।

पीएसएलको हिजो भएको पहिलो चरणको खेलाडी बोलकबोलमा सन्दीपलाई लाहोर कलन्दरले टिममा अनुबन्ध गरेको छ ।

सन्दीपले एक सिजनका लागि कम्तिमा ५० हजार डलर पाउनेछन् । एकै प्रतियोगितामा सर्वाधिक रकम लिने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।

उनले यसअघि इन्डियन प्रिमियर लिग, क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी–ट्वेन्टी प्रिमियर लिग, विगब्यास लिग र टी–टेन क्रिकेट लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिगलगायतका विश्वका शीर्ष प्रतियोगिताहरुमा खेलिसकेका छन् ।

सन्दीपले पाकिस्तान सुपर लिगमा विश्वका उत्कृष्ट खेलाडीहरु एबी डे भिलायर्स, फकर जमान, सोहिल अख्तर, मोहम्मद हफिज जस्ता खेलाडीसँग खेल्नेछन् ।

प्रतियोगिताको खेलाडी ड्राफ्टमा गोल्डेन समूहमा रहेका सन्दिपलाई लाहोरले पहिलो चरणमा नै छनोट गरेको हो ।

यो टिमको मेन्टरका रुपमा पाकिस्तानी क्रिकेट टिमका पूर्व तिब्र बलर सोयव अख्तर रहेका छन् । पीएसएलको ड्राफ्टमा रहेका अर्का नेपाली खेलाडी सोमपाल कामी भने बिक्री हुन सकेनन् । सिल्भर समूहमा रहेका तिब्र गतिका बलर सोमपालमाथि कुनै पनि क्लबले चासो देखाएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार