स्वास्थ्य तथा सुरक्षा सामाग्री बिषयक तालिम इलाम सदरमुकाममा सम्पन्न

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामका साना तथा मझौला चिया उद्योगले उद्योगमा काम गर्ने श्रमिकहरुका लागि ब्यबसायजन्य सुरक्षा सामाग्री उपलब्ध गराउन थालेका छन् ।

उद्योगमा काम गर्ने मजदुरहरु सुरक्षित ढंगबाट कार्यक्षेत्रमा रहेर काम गर्नेगरी उद्योगले आधारभूत किसिमका सुरक्षा सामाग्री उपलब्ध गराउने क्रम बढेको छ ।

इलाम जिल्लामा ब्यबसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धि परियोजना सञ्चालन भएपछि परियोजनाको पहलमा सो कार्यको थालनी भएको हो ।

डेनमार्क सरकारको आर्थिक सहयोगमा उन्नती समाबेशि कार्यक्रम मार्फत जुनतारा सामाजिक बिकास केन्द्र इलामले अर्थोडक्स चिया क्षेत्रका श्रमिक तथा ब्यबसायिका लागि उक्त परियोजना सञ्चालन गरीरहेको छ ।

११ महिनाको समयवधि सकेर थप एक महिना थपेको परियोजनाको समय पनि सकिन लागेको छ । परियोजनाले जिल्लामा रहेका निजि क्षेत्रका चिया उद्योगिका लागि उद्योगमा हुने कुनैपनि किसिमको आपतकालिन अवस्था आइपरे कसरी त्यसको सुरक्षित रुपमा समाधान गर्ने, उद्योगमा काम गर्ने मजदुरहरुको स्वास्थ्य र सुरक्षा सम्बन्धि उद्योगिले के कस्ता कार्यहरु गर्नुपर्छ भन्ने लगायतका बिषयमा पटक–पटक तालिम दिएको थियो ।

तालिम पाएपछि उद्योगिहरुले उद्योगमा काम गर्ने मजदुरको लागि सुरक्षा सामाग्री उपलब्ध गराएर काम लगाउन थालेको पाइएको परियोजनाका कार्यक्रम संयोजक पुनम श्रेष्ठले बताइन ।

परियोजनाले गरेको अनुगमनबाट पनि सो कुरा पाइएको श्रेष्ठको भनाई । कतिपय उद्योगले परियोजना सञ्चालन नै नहुँदा पनि मजदुरलाई ब्यबसायजन्य सुरक्षा सामाग्री उपलब्ध गराएको थियो ।

इलामनगरपालिका १ साँखेजुङ्ग स्थित ग्रीनहिल अर्थोडक्स चिया कारखानाका सञ्चालक टंक दाहालले परियोजनाले तालिम दिएपछि उद्योगमा धेरै किसिमको सुधार आएको बताए ।

उनले अग्र्यानिक प्रमाणिकरण गर्नका लागि ब्यबसायजन्य स्वास्थय तथा सुरक्षा सम्बन्धिका सुचकहरु पूरा गर्नुपर्ने भएकाले पनि यी कुराहरु अहिले प्रायजसो साना तथा मझौला उद्योगले कार्यन्वयन गरेको बताए ।

यसैक्रममा परियोजनाले तीनदिनसम्म इलाम सदरमुकाममा सञ्चालन गरेको अर्थोडक्स चिया क्षेत्रका ब्यबसायिहरुको लागि आपतकालिन तयारी र ब्यबसायजन्य स्वास्थ्य तथा सुरक्षा सामाग्री बिषयक तालिम पनि आज सकिएको छ ।

३५ जना निजि क्षेत्रका साना उद्योगि रहेको तालिमका सहभागिलाई परियोजनाले सबैलाई सातहजार रुपैंयाँ बराबरको एक÷एकथान सुरक्षा सामाग्री बितरण गरेको छ । परियोजनाले पञ्जा, हेल्मेट, माक्स, चस्मा, गमबुट, फ्रस्टेस बक्स, फायर एक्सटिङ गुइसर लगायतका सामाग्री बितरण गरेको छ ।

यता तिनदिन सम्म चलेको तालिम समापन तीर्थ गुरुङ्गको अध्यक्षतामा भएको थियो । सो क्रममा सहजकर्ता डा यादब जोशि, दावातेन्जि योल्मु जुनतारा सामाजिक बिकास केन्द्रका प्रमुख लिलाप्रसाद थापा तथा सहभागिको तर्फबाट सुजन नेपाल, अभिनन्द गिरी र गायत्रि बस्नेत लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार