इलाममा पौष ५ देखि पर्यटन महोत्सव हुँदै

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा यहीँ पौष ५ गते देखि १६ गते सम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन पर्वद्धन सरोकार मञ्चको आयोजनामा मेचि क्षेत्र पर्यटन महोत्सव १०१८ आयोजन गर्ने भएको हो ।

यस क्षेत्रको दिगो पर्यटन बिकाश गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको पर्यटक प्रवर्द्धन सरोकार समितिका महासचिव देवी पौडेलले बताए  ।

इलाम बजार स्थित ठूलो टुडिखेलमा आयोजना हुने महोत्सवमा साबिक मेची अंचल  क्षेत्रका स्थानिय उत्पादन , कला संस्कृति , राष्ट्रिय कलाकारको प्रस्तुती , रमाइलो मेला , ट्राभलहरु बाट प्यकेज बिक्री , जातिय खानाको परिकारहरु , प्रदेेेश  न. १ का होटल व्यवसायी को भेला , साबिक मेचीका पर्यटन व्यवसायीहरुको भेला , विभिन्न साहित्यीक श्रष्ठाहरु बाट साहित्यिक कार्यक्रम , वृद्ध , वच्चा , र बिधार्थी लक्षित कार्यक्रम , भेडा , चौरी , अबलोकन , घोडचढी लगायतका कार्यक्रम राखिएको छ ।
इलाम लगायत साबिक मेचिका पर्यटकीय स्थानको प्रचार प्रसारका लागि यो महोत्सवले सहयोग गर्नेछ ।

यसै जिल्ला अन्र्तगत इलाममा श्री अन्तु,कन्याम,सन्दकपुर,पाथिभरा लगायत अवस्थित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार