अलैँचीको बर्षेनी भाउ आरोलो लाग्दै

  नयाँ बुलन्द
0 Shares

इलाम : पूर्वी पहाडी जिल्ला इलामको मुख्य नगदे बाली अलैँचीको भाउ बर्षेनी ओरालो लाग्दै गएको छ ।

उत्पादनको मुख्य सिजनमा पनि अलैँचीको मूल्यमा गिरावट आउदा अलैँची किसान मर्कामा परेका छन् । असोज र कात्तिक महिना अलैँची उत्पादन हुने मुुख्य सिजन हो । इलममा अलैँची प्रतिमन (४० केजी)को २९ देखि ३२ हजारमा कारोबार भइरहेको छ ।

अलैँची अघिल्लो वर्ष यही समयमा प्रतिमन ३५ हजार रुपैयाँमा कारोबार भएको यिो । नेपालमा उत्पादन भएको अलैँचीको मुख्य बजार भारत हो । नेपालमा उत्पादन भएको ९५ प्रतिशत अलैँची पूर्वी नाका काँकडभिट्टा नाका हुँदै भारत निर्यात हुने गर्दछ । पाँच प्रतिशत भने स्वदेशमै खपत हुने गर्दछ । अहिले आएर भारतमा पनि अलैँची उत्पादन बढेपछि नेपालबाट बाहिरिने अलैँचीको मूल्य बर्षेनी घट्दै गएको र निकासी भारत मात्र नभएर तेस्रो मुलुक सँग पनि सरकरले सम्झौता गर्नुपर्ने व्यावसायीहरुको भनाइ छ ।

केही वर्षअघि प्रतिमन १ लाख २० रुपैयाँसम्म पुगेको अलैँचीको भाउ बर्षेनी क्रमशः ओरालो लाग्दै जाँदा कृषकहरु निराश भएका छन् । अलैँचीले राम्रो भाउ पाएपछि अलैँची खेतीतर्फ हौसिएका किसान बर्षेनी भाउ आरोलो लाग्दै गएपछि चिन्तित बनेका छन् ।
मूल्यमा बर्से्नि गिरावट आएपछि कतिपय व्यापारीले मूल्य बढ्ने आशामा अघिल्लो वर्ष खरिद गरेको अलैँची अहिले पनि गोदाममै थन्क्याएका छन् ।

अलैँची विकास केन्द्र फिक्कलका अनुसार पूर्वी पहाडी जिल्ला इलाममा दुई हजार हेक्टर, ताप्लेजुङमा तीन हजार ६ सय ४७ हेक्टर र पाँचथरमा ९ सय ५० र जमिनमा अलैँची खेती हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार