शिक्षक संघको अन्तरक्रिया अन्तुमा

  गोबिन्द पौडेल
0 Shares

इलाम : नेपाल शिक्षक संघ प्रदेश १ ले वर्तमान अवस्थामा विध्यमान शैक्षिक समस्याहरुको बारेमा अन्तरक्रिया र छलफल इलामको श्रीअन्तुमा संचालन गरेको छ ।

नेपाल शिक्षक संघ इलामले व्यवस्थापन गरेको कार्यक्रममा संघीय अध्यक्ष राजेन्द्रराज पौडेल, महासचिव सोमनाथ गिरी र नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुबेदी, प्रदेश १ का अध्यक्ष पूर्णप्रसाद गौतम सहित प्रदेश कार्य समितिका पदाधिकारीहरु, प्रदेश १ का १४ जिल्लाका जिल्ला अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

वर्तमान अवस्थामा शिक्षकहरुले भोग्नु परेको समस्याहरुको बारेमा केन्द्र, प्रदेश र जिल्लाहरुका अध्यक्ष र पदाधिकारीहरुबिच विविध विषयमा गहन छलफल गरिएको थियो । साथै वर्तमान संघिय संरचनामा स्थानीय तहमा शिक्षाका संरचना जादा परेका प्रभावहरुबो बारेमा गहन छलफल गरि शिक्षाका कार्यहरु संघीय कानुनले नै ब्यवस्था गर्नुपर्नेमा सबैले अभिमत राखेको नेपाल शिक्षक संघ इलामका अध्यक्ष डोरकुमार पौडेलले बताए ।

कार्यक्रम नेपाल शिक्षक संघ प्रदेश १ का अध्यक्ष पूर्णप्रसाद गौतमको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार