फूएतप्पामा आदिवासी जनजातिहरुको तथ्याङ्‍क संकलन

  लिला लिम्बू
0 Shares

फुएतप्पा : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ४ फुएतप्पामा आदिवासी जनजातिहरुको तथ्याङ्क संकलन गरिएको छ । आआफ्नै भाषा संस्कृती, संस्कार धर्म बाजागाजा सहित तथ्याङ्क संकलन गरिएको हो ।

फुएतप्पामा रहेको फुएतप्पामा ८ आदिवासी जनजातिहरूमध्ये सबै भन्दा बढि मगर समुदाय रहेको पाइएको छ । त्यसपछि क्रमश लिम्बू, राई, नेवार, तामाङ्ग, गुरूङ्ग, मुखिया र भूजेल जाति रहेको संकलन समितीका अध्यक्ष दिपक लिम्बुले जानकारी दिए ।

फुएतप्पामा रहेको ३२२ घरधुरी मगर समुदायमा ८२३ पुरुष र ७२९ महिला रहेका छन् । त्यसैगरी १५० घरधुरीको लिम्बू समुदायमा ४३४ पुरुष र ३९८ महिला, नेवार समुदायको १८ घरधुरीमा ४१ पुरुष र ४३ महिला, सुनुवारको ५ घरधुरीमा १४ पुरुष र ११ महिला तथा भुजेल समुदायको ३ घरधुरीमा १० पुरुष र १२ महिला रहेका छन् ।

फुएतप्पामा रहेको जनजातीमध्ये अधिकासं बौद्ध मार्गि र किराँत धर्म मान्नेहरू रहेको र नगन्य रूपमा ,क्रिश्चियन, हिन्दु र युमा धर्म मान्नेहरू तथ्याङ्कनुसार देखिएको छ । राई जातिहरूको बिभिन्न प्राबिधिक कठिनाईको कारण केहि समय लाग्ने समितिका ससचिब अगम बान्तवाले जानकारी दिए ।

साथै लिम्बुहरूको महान चाडँ आउदै गरेको चासोक तङ्गनाम मेला यहि मंसिर २५,२६र २७ गतेका दिन फुएतप्पामा जातीय झाक्री नाच प्रदर्शन गर्ने निर्णय गरीएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार