भारपामा बिजुली झलल

पाँचथर : हिलिहाङ गाउपालिका, साविक भारपा स्थित घरघरमा बिजुली झलल बलेको छ । अध्यारोमा सल्लाको दियालो र टुकी बालेर बसेका स्थानिबासि बिजुली बले पछि हर्सित भएका छन । बिधुत बिस्तारका लागी फिदिम र हिलिहाङ पालिका बाट बग्ने हेवा खोला बिधुतका लागी ग्रामिण विधुत सहकारी सस्था मार्फत र स्थानिय समुदाय बाट४८ लाख ९२ हजार नगद सहकारीले उठाएको थियो ।

त्यसमा नेपाल सरकारले ४ करोड ५० लाखमा निर्माण गरी १ नम्बर वडा देखि ९वडामा ७ सय ५० घरधुरिमा बिजुलि बालियो । त्यस्तै जोरपोखरी ग्रामिण विधुत सहकारी सस्था मार्फत हिलिहाङकै ३,५,६ वडामा बिजुली विस्तार गरिएको छ । बिजुलि बिस्तारमा १४ करोड बरावरको लागतमा विस्तार भएको हो ।

त्याहा १८ सय घरधुरीले बिजुलि उपभोग गरिरहेको ग्रामिण बिधुत सहकारी सस्थाका सचिव राजेन्द्र काफ्लेले जनाए ।
बिजुलिमा नेपालसरकारको ९० प्रतिशत र स्थानिय समुदायको १० प्रतिशत , नाइन्टिटेन कार्यक्रम अन्र्तगत बिधुत विकास तथा वितरण साखा केन्द्रय कार्यालय बाट बिजुली सञ्चालन भएको सचिव काफ्लेले जनाएका हुन ।

बिधुतमा स्थानिय समुदायले जम्मा गर्नु पर्ने रकम मध्ये रु १५ लाख पाँचथर माउण्टेन हाइड्रोकम्पनीले सहकारीलाइ सहयोग गरेको थियो । बिजुलिबिस्तार योजनामा तत्कालिन एमाले जलस्रोत तथा उर्जाविभाग सचिव साथै पाँचथर नेकपाका संघिय सांसद वसन्तकुमार नेम्वाङको महत्वपुर्ण भुमिकारहेको स्थानिय उपभोक्ताले बताएका छन ।

पाँचथरका ८ वटा स्थानिय निकायमा २ बर्ष भित्रमा बिधुत विस्तारका लागी सम्झौता र कार्यान्वयन धमाधम भइरहेको जनाइएको छ ।  पाँचथर जिल्लालाई अध्यारो मुक्त वनाउने अभियानलाइ जिल्लाका सबै गाउपालिकाले प्राथमिक्ता दिएका छन । भारपामा बिजुलिबिस्तार सगै गाउस्तरका नागरिकले उद्धोग खोलेका छन । दैनिक प्रयोगमा आउने , १० वटा, मिल ,र टेलिफोन टावर ५ ठाउमा निमार्ण सगै सेवा, तथा उपभोग गर्न थालेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार