रोङ : रोङ गाउपालिकाको शान्तिपुरमा केन्द्र स्थापना गरेर दुग्ध संकलन गर्दै आएको सेतोट्यामीले किसानको दुग्ध नकिनेपनि किसानको दुग्ध भने सोमबार देखी बिक्ने नै भएको छ ।
रोङ गाउपालिकाको वडा नं १ र २ को बिभिन्न स्थानमा केन्द्र राखेर दुग्ध संकलन गर्दै आएको सेतो ट्यामीले पछिल्लो पटक मंसिर १ बाट किसानले उत्पादन गरेको दुग्धमा संस्थालाइ घाटा भएको भन्दै नकिन्ने सुचना प्रकासित गरेपछि यहाँका किसानहरु दुग्ध नबिक्ने समस्या आएको भन्दै चिन्तित भएका थिए ।
पहिला डि. डि सि लाइ दुग्ध बेच्दै आएका किसानहरुलाइ बढी मुल्य र सुबिधा दिने भनेर प्रलोभन देखाएको र अहिले आएर दुग्ध नकिन्ने भनेपछि किसानहरु आन्दोलित बनेका थिए ।
दैनिक आठसय लिटर दुग्ध संकलन हुने शान्तिपुरमा सोमबार देखी सेतो ट्यामीको स्थानमा अन्य निजी पाथीभरा दुग्ध उधेग प्रा.लि ले संकलान गर्ने भएको छ । किसानहरुमा सेतोट्यामीले धोका दिएपछि वडा कार्यलय र रोङ गाउपालिकाको पहलमा आज भएको सरोकारवलाहरुको बैठकले आगामी एक महिना सम्मको लागि सेतो ट्यामीले चलाउदै आएको उपकरण नै प्रयोग गर्ने र सोही केन्द्र बाट नै नियमित दुग्ध संकलन गर्ने सहमती भएको वडा नं १ का वडाध्यक्ष बुद्ध बहादुर ढकालले बताए ।
सेतो ट्यामीले खासगरि यहाँ उत्पादित दुग्धको गुणस्तर कमजोर देखिएको र किसानहरुलाइ पटक पटक अनुरोध गर्दा समेत गुणस्तरमा सुधार नगरेको कारण हात झिक्नुपर्ने बताउदै आएकोले आगामी दुइदिन किसानहरुलाइ दुधको गुणस्तरको बारेमा सचेत गराउने र दुग्ध बिकास संस्थाकै मापदण्ड राखेर मुल्य निर्धारणको सहमती भएको गाउपालिकाका अध्यक्ष समसेर राइले बताए ।
किसानहरुबाट उत्पादित गुणस्तरिय दुग्ध ततकाललाइ संकलन गरि हर्कटेमा रहेको उध्याेगमा ल्याइने र पछि यहाँको अवस्था अनुसार के गर्न उचित हुन्छ सबैसगको सरसल्ला अहनुसार सोही गरिने पाथिभरा दुग्ध उध्योग प्रा लि का प्रोपाइटर खगेन्द्र सिवाकोटीले बताए ।