भ्रष्टाचारकाे अाराेप लागेकाे वायु सेवा निगम ‘३९ अर्ब’ ऋणमा

काठमाडाैँ : एकपछि अर्काे भ्रष्टाचारकाे अाराेपमा मुछिएकाे नेपाल वायु सेवा निगम तत्कालीन रुपमा झण्डै ३३ अर्ब बढी ऋणमा रहेको देखिएको छ । तर दीर्घकालीन ऋण भने ३९ अर्बभन्दा माथि पुग्ने देखिएकाे छ ।

निगमले बिहीबार जारी गरेको स्वेतपत्रमा ३२ अर्ब ८७ करोड रुपैयाँ तिर्न बाँकी ऋण देखाएकाे छ । नगद प्रवाहमा संकट आइपरेपछि निगमले सरकारसँग तत्काल आर्थिक सहयोग माग गरेको हाे ।

निगमका अध्यक्ष मदन खरेलले वाईडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने रकमका लागि सरकारसँग २० अर्ब रुपैयाँ अनुदान माग गरेको जानकारी दिएका छन् । उनले निगम निकै उच्च वित्तीय जोखिममा रहेको भन्दै सरकारसँग गुहार मागेका हुन् ।

निगमले हाल विभिन्न जहाज खरिदबापतकाे मात्रै तिर्नुपर्ने ऋण ३२ अर्ब ८७ अर्ब रहेको देखाएकाे छ । तर दीर्घकालीन कर्जा भने ३९ अर्ब ८२ करोड रुपैयाँ रहेकाे निगमकाे भनाइ छ । याे ऋणकाे अवस्था हेर्दा निगम उच्च वित्तीय जोखिममा देखिन्छ, किनकि अर्बाै‌ ऋणमा किनिएका नयाँ जहाजबाट उसकाे अाम्दानी खासै बढ्न सकेकाे छैन । हाल निगमले उक्त कर्जाका लागि वार्षिक १०.५०% का दरले ब्याज तिर्नु परेकाले निगमको तलरता व्यवस्थापनामा समस्या अाएकाे खरेलकाे भनाइ छ ।

२४ अर्ब ऋणमा वाइडबडी तर बढेन अाम्दानी 

निगमले हालै खरिद गरेका वाइडबडी विमानले  चार महिना भित्र जापान, दक्षिण कोरिया, चीन र साउदी अरेवियाको नयाँ उडान भर्ने जनाएकाे छ । तर हाल भने लामाे दूरीका नयाँ गन्तव्यमा उडान भर्न नसक्दा वाइडबडीबाट निगमकाे अाम्दानी बढ्न सकेकाे छैन ।

लामो दूरीका गन्तव्यमा उडान अनुमति नपाउँदा हाल निगमले पुरानै छोटा दूरीमा नयाँ जहाज उडाइरहेकाे छ । २४ अर्ब ऋण लिएर किनिएका ती जहाजको वार्षिक ब्याज मात्र साढे २ अर्ब हुन अाउने खरेलकाे भनाइ छ ।

निगमले सिमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेको पनि स्वेत पत्रमार्फत जानकारी दिएको छ । अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो । वाइडबडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म सरकारले आर्थिक सहायता दिनुपर्ने उनकाे दाबी छ ।

अधिकृत पुँजीभन्दा लगानी बढी

हाल निगमको अधिकृत पुँजी ३० करोड रुपैयाँ रहेको छ भने पुँजी लगानी ३ अर्ब १० करोड ३८ लाख रहेको छ । अधिकृत पुँजी भन्दा लगानी गरिएको पुँजी निकै बढी भएकाले समस्या भएको निगमको दाबी छ ।

दैनिक १६ घण्टासम्म उड्नुपर्ने नयाँ वाइडबडी जहाज अहिले औसत ५ घण्टा मात्र उडिरहेका छन् । निगमले असार र भदाैमा गरी दुइटा वाइडबडी जहाज खरिद गरेकाे हाे । तर यी जहाज खरिदमा ठूलाे भ्रष्टाचार भएकाे अाशंकामा अनुसन्धान भइरहेकाे छ । पहिले लाउडा विमान प्रकरणमा ठूलाे घाेटाला भएकाे अाराेप लागेकाे निगममाथि अहिले वाइडबडी खरिदमा पनि ठूलै भ्रष्टाचार भएकाे अाराेप लागिरहेकाे छ ।news24nepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार