गुरुङगाउँ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित गुरुङगाउँमा खुल्ला नकआउट फूटसल प्रतियोगितामा मानपुर एफसी, सिक्तेम्बा बी, थुमथुमे कुरुम्बा र चिवुवा सेमीफाइनलमा प्रवेश गरेका छन् ।
बुधबारको पहिलो खेलमा सिक्तेम्बा ए लाई २–१ ले पराजित गर्दै मानपुर एफसी, दोश्रो खेलमा सौगात युवाक्लब सिङलाबुलाई २–१ ले पराजित गर्दै सिक्तेम्बा बी, तेश्रो खेलमा सामाटारलाई २–१ ले पराजित गर्दै चुमथुमे कुरुम्बा र अन्तिम खेलमा आयोजक फाल्गुनन्द विकास संस्थालाई ३-१ ले पराजित गर्दै चिवुवा ए विजेता बन्यो ।
प्रतियोगिता अन्तरगत विहीबार सेमीफाइनल चरणका खेल संचालन हुनेछन् । पहिलो सेमीफाइनलमा मानपुर एफसी र चिवुवा ए र दोस्रो तथा अन्तिम सेमीफाइलनमा सिक्तेम्बा बी र थुमथुमे कुरुम्बाबीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव प्रविन लिम्बूले जानकारी दिए ।
स्थानीय फाल्गुनन्द विकास संस्थाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडीले समेत मेडल र प्रमाणपत्र पाउनेछन् । इलाम र पाँचथरका विभिन्न ३२ टिमको सहभागीता रहेको प्रतियोगिताको फाइलन शुक्रबार संचालन हुनेछ ।
प्रतियोगिता स्थानीय गुरुङगाउँ खेलमैदानमा भईरहेको छ ।