कार्यकर्ता पक्राउको विरोधमा नेविसंघको चक्काजाम

चितवन : ओली नेतृत्वको सरकारले आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै नेपाली कांग्रेस निकट भ्रातृसंगठन नेबिसंघले बुधबार चितवनमा केहीबेर चक्काजाम गरेको छ ।

केन्द्रीय कार्यक्रमअनुसार आज ( बुधबार ) नेबिसंघले चितवनमा चक्काजाम गरेको हो । भरतपुरको चौबीसकोठीमा जम्मा भएका नेबिसंघका कार्यकर्ताहरुले तप्शेवर उच्च माध्यमिक विद्यालय काभ्रेका इकाइ अध्यक्ष समेत रहेका आफ्ना कार्यकर्ता कृष्ण ढकाललाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

बिहान ९ बजेेेदेखि गरिएको चक्काजाम केेहीबेर सम्म जारी रहेको थियो । कुकुर तिहारका दिन प्रधानमन्त्री केपी शर्मा ओलिको अनुहार जोडेको तस्वीर फेस्बुक सेेेयर गरेको भन्दै काभ्रे प्रहरीले १६ बर्षिया ढकाललाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार