चितवन : चितवनको भरतपुरबाट एक युवा बेपत्ता भएका छन् ।
अष्ट्रेलिया जाने तयारीमा रहेका पुर्वी चितवनको कालिका नगरपालिका ६ बाग्लुङ्गे टोल निवासी बर्ष २४ को सुदीप सापकोटा सोमवार साँझ सवा पाँच बजेदेखी भरतपुरबाट बेपत्ता भएका हुन् । नारायणगढबाट किनमेल गरेर घर फर्कदै गर्दा आफ्नु छोरा भरतपुरबाट बेपत्ता भएको बुबा गंगा सापकोटाले जानकारी दिए ।
“बजारमा किनमेल सकेपछि मैले नै पुल्चोकबाट क्याम्पस गेटसम्मको म्याजिक चढाएर पठाएको हुँ । उनले थपे ’, म पुल्चोकबाट गौरीगन्जतर्फ लागे, बेलुका घर फर्किदा छोरो पुगेको रहेनछ ।” भारतमा बसेर कम्प्युटर शिक्षाको इन्जिनियर बिषय पढाइ सकाएर नेपाल फर्किएका सुदिप मंगलबार काठमाडौंं जाने तयारीमा थिए भने उनको आउँदो ४ मंसिरमा अष्ट्रेलियाको फ्लाइट रहेको थियो ।
बेपत्ता भएका आफ्नु छोराको मोबाईल ५ बजेर १८ मिनेट देखी बन्द रहेको बाबू गंगा सापकोटा बताउँछन् । यता, जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले बेपत्ता भनिएका सुदिप सापकोटाको खोजीमा प्रहरीले कुनै कसुर बाँकी नराखेको बताएका छन् । जनताको शान्तिसुरक्षामा खटिने प्रहरीको काम अपराधीक गतिविधिलाई निस्तेज पार्ने नै रहेको बताउदै उनलेे प्रहरीले अब उत्प्रान्त थप चनाखो भइ सुरक्षा दिने र सोही अनुरुप कडाइ समेत बनाउदै जाने प्रतिबद्धता दिलाए ।
हाम्रो सुरक्षा रणनीति अलिकति नपुगेको जस्तो भयो उनलेे भने सापकोटा बेपत्ता भएपछि प्रहरी थप चनाखो भएको छ । उनलेे भने, ‘पीडित परिवारको निवेदनका आधारमा सापकोटाको खोजी कार्य तीब्र पारेका छौँ । जिल्लामा रहेको सबै मातहतका प्रहरीलाई उनको तस्वीर नै पठाइ खोजी कार्यलाई कडाइ बनाउन निर्देशन दिएको छु ।’