मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान

पाँचथर : पाँचथरमा मृगौलामा समस्या भएर उपचार गरिरहेकी अमिसा केरुङलाई थप उपचारका लागी आर्थिक सहयोग गरिएको छ ।

फालेलुङ गाउपालिका वडा नम्बर ३ ताङलेपा निवासी बुबा बालकुमार केरुङ र आमा जुनु योङहाङ केरुङकी छोरि अमिसालाई उपाचारार्थ संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो ।

केरुङ उत्थान मञ्चद्धारा आयोजित कार्यक्रममा ७ लाख ८ हजार ५ सय रुपैयाँ प्रदान गरिएको मञ्चले जानकारी दिएको छ । कार्यक्रममा प्रदेस १ संसद सदस्य सिता थेबेले पिडितका परिवारलाई रकम हस्तान्तरण गरेकी हुन ।
मृगौला पीडित अमिसाको अहिले बिपि कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराइदै छ ।

आर्थिक अवस्था कमजोर भए पछि उपचारमा समस्या भएकी उनको उपचारका लागि सहयोग संकलन अभियान नै चलाइएको मञ्चका अध्यक्ष नोनाहाङ केरुङले जानकारी दिए ।

अथक मेहनत पछि हामीले यो रकम संकलन गर्न सफल भएका हौ । उनले भने–सहयोगीले मन फराकिलो पारेका कारण यतीको रकम संकलन भएको हो ।

कार्यक्रमका अवसरमा अमिसा केरुङ उपाचारार्थ सहयोग गर्ने व्यक्तिलाई सम्मान समेत गरिएको छ ।
उनको उपचारका लागि बिराज केरुङ ‘मायालु कान्छा’ र संगिता आङथोपुको मुख्य भुमिका रहेको थियो ।

उनीहरुको अगुवाइमा रकम संकलन भएको युवा ससिनेकलाकार तथा गजलकार मधु आजित केरुङले जनाइएका छन ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद तथा प्रमुख सचेतक सिता थेबेले बाल्य अबस्थामा नै अमिसा मुत्यु सँग लडिरहेको बताउदै सहयोग गर्न सबैलाइ आग्रह गरेकी छन ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिब चन्द्रकुमार नेम्बाङ, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु, भाषाबिद हरिचन्द्र लावती, अधिकारकर्मी प्रेम ओझा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीले ब्यक्तिले रकम संकलन गरेर भन्दा पनि राज्यको सहयोगबाट नागरिकको ज्यान बच्नुपर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार