सोयाक : इलाम नगरपालिका ११ सोयाकको बालकन्या माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक सुधार गर्नका लागि देउसीको आयोजना गरेको छ ।
चन्दा माग्नु भन्दा तिहारको अवसरमा रमाइलो गर्दै उठेको पैसा विद्यालय सुधारका लागि बिज्ञानका सामग्री खरिद गर्दै प्रविधिमैत्री विद्यालय बनाउन लगानी गर्ने बालकन्या माविका शिक्षक घनश्याम निरौलाले बताए ।
विद्यायको आर्थिक अवस्था दयनीय भएको र सम्बन्धित निकायले प्रदान गरेको रकम अपुग भएकोले देउसी खेल्दै विद्यालयको आर्थिक समस्य धान्नु परेको उनी बताउँछन् । रकम संकलनका लागि पत्रमार्फत स्पस्ट गराउँदै र देउसी खेल्दै रकम संकलन गरिएको उनको भनाई छ ।
आर्थिक संकलनका लागि कात्तिकभरी साँस्कृतिक टोलिसँगै देउसी खेल्ने उनले बताए । देउसी खेलेको रकम कार्यक्रमको अन्त्यमा जनसमक्ष सार्बजनिक पनि गर्ने पनि उनले प्रतिवद्धता जनाए ।