रेडिमेड म्युजिकको लहरले देउसीभैलो खेल्ने पुरानो चलन ओझेलमा

  युद्धबहादुर बोहोरा
0 Shares


इलाम : हरेक क्षेत्रमा धेरै सुविधा भित्रिए संगै आधुनिक साउण्ड सिस्टम र तयारी गीतहरुको प्रयोगले देउसीभैलो खेल्ने पुरानो परम्परा लोप हुन थालेको छ।

पुरानो देउसीभैलोको आनन्द र मनोरञ्जन बेग्लै थियो। अर्गानिक खाने कुराको स्वाद जसरी फरक हुन्छ।
त्यस बेलाको दशै तिहार पर्वमा लिङ्गेपिङ्गको रमझम,गन्धर्वको मार्मिक साराङ्गी भाका र आफन्त संगको भेटघाट अविस्मरणीय रहेको बताउँछन् इलाम फाकफोकथु-१ निवासी नरबहादुर (नविन) बोहोरा।
टाढा देखि गन्धर्वहरु गाउँमा साराङ्गी र मादल बजाउँदै मार्मिक स्वरले गीत सुनाएर सबैलाई आनन्द दिलाउँथे।त्यस समयमा चारआना -आठआना पैसाको धेरै महत्त्व हुन्थ्यो।देउसी खेल्न एक दुई महिना अघि देखि लौरो तयार गरि स्वर मिलाएर भट्याउँदै आशिष् दिएको कहानी उनले सुनाए।

आधुनिक देउसीलाई बुढापाकाहरु त्यति चाख लिदैनन्।
यी चलन मासिँदै जानु दिनहुुँ युवाहरु वैदेशिक रोजगारमा पलायन हुनु र बुढापाका संग पुराना कुरा सिक्न युवाहरुले वास्ता नगर्नाले उनीहरु अलमल्ल परेको वृद्धहरुको बुझाइ छ।

पछिल्लो समयमा सँस्कृति बचाउँन भन्दै बाहिरी आवरण दौरासुरुवाल ,ढाकाटोपी,पोटुका,गुन्युचोलि तथा जातजातीको भेषभुसामा मात्रै सजिएको पाइन्छ।तर त्यसले मात्रै परम्परा नथामिने उनीहरुको भनाइ छ।
आजभोलि विद्यालय ,क्लब,विभिन्न समूह,साँस्कृतिक टोलि बनाएर देउसीभैलो खेल्न हिंड्ने क्रमको शुरुवात भएको छ।
यस्ता कार्यक्रमको आयोजनाबाट उठेको रकम समाज सेवा,अनाथ असाहाय, गरिब विद्यार्थी,दैवीप्रकोप जस्ता क्षेत्रहरूमा सदुपयोग गर्ने उदेश्य रहेको बताउँछन् ज्योति आधारभूत विद्यालयका फाकफोकथुम-१ इलामका प्रधानध्यापक गणेश प्रसाद भट्टराई।
आर्थिक संकल र आफ्नो संस्थाको प्रचार प्रसारलाई प्राथमिकता दिँदै ट्र्याकमा गीत गाउने र नृत्य प्रदर्शन गर्नेको होटबाजी देखिन्छ।

आजभोलि सबैको हातमा स्क्रिनटर्च मोबाइल छ। बजारमा सार्वजनिक भएका उत्कृष्ट म्युजिकहरु सुन्न र हेर्न सहज छ।त्यहीँबाट नक्कल गरेका कला देखाउन युवायुवतीहरु विभिन्न साँस्कृतिक कार्यक्रम सहभागी हुने क्रम बढेको छ।

देउसे समुहको चाप वृद्धि र घन्किन्दो गीतको आवाजले कोलाहल बढे पछि एक आपसका समुहको झडप समेत हुने गरेको छ।औपचारिक कार्यक्रमको ढाँचामा स्थानीय बासिन्दालाई समेट्न अतिथि आसन ग्रहण र प्राप्त दानदक्षिणा विवरण बाचन गर्ने पद्धतिको शुरु भएको छ।

नयाँ चलनको थालनी भए पनि देउसीभैलोको सँस्कार जगेडा गर्न बुढापाकाहरुबाट धेरै पुराना कुराहरू अहिलेका पुस्ताले सिक्न जरुरी देखिन्छ।
यदि,कृत्रिम ढंगका हरेक कुराको पछि मात्रै लाग्ने हो भने, तिहारको देउसीभैलोको ‘झिलिमिली- झिलिमिली,देउसुरे!जस्ता मिठा शब्दहरु डानइनोसर झैँ भविस्यमा लोप नहोलान् भन्न सकिन्न।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार