मन्त्रिपरिषदकाे निर्णयहरु नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी

काठमाडौँ : मन्त्रिपरिषदकाे आइतबार बसेको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी दिएकाे छैन । नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको भन्दै के-के निर्णय भए भन्नेबारे जानकारी दिन अस्वीकार गरिएकाे हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने दाबी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गर्नुभयो ।

उहाँले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।”

मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा आइतबारकाे विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार