प्यूठान : मल्लरानी गाउपालिका–३ चौरपानीका स्थानीय गाउँमा रित्तो गाग्री बजाएर भैलो खेलेको छ । तिहारको समयमा मादल बजाएर देउसी भैलो खेल्ने परम्परा जताततै भएपनि यहाँका केहि स्थानीय भने रित्तो गाग्री बजाएर भैलो खलेका छन् ।
उनीहरुले गाउँमा मादल नभएर गाग्री बजाएर भैलो खेलेको भने हैनन् । घरघरमा गाग्रि बजाउदै र भट्याउदै पुगेका उनीहरुले झिमरुकको पानी गाउँमा ल्याउनु पर्ने माग राखेका छन् । गाउँमा खानेपानीको चरम समस्या पर्न थालेपछि स्थानीय तह र सरोकारवाला निकायलाई सचेत र जागरुक गराउन रित्तो गाग्री बजाएर देउसी भैलो खेलेको उनीहरुको भनाई छ ।
‘चौरपानी खानेपानी फाउण्डेसन’ स्थापना गरी झिमरुक नदीको पानी बस्तीसम्म ल्याउने योजना अघि बढाउन स्थानीयबासी जागरुक भएका हुन् । जनताको समस्या एकतिर, सरकारको आँखा अर्कोतिर भएकार रित्तो गाग्रि ठटाएर भैलो खेलेको स्थानीय माधव पौडेलले जानकारि दिए । उनले भने,‘स्थानीय सरकारले सडकमा पैसा खर्च ग¥यो, हामिलाई खानेपानी चाहिएको छ ।’ सरकारी वजेट आउने आसा मारिसकेका स्थानीय देउसी भैलो खेलेर जम्मा भएको पैशाले खानेपानी आयोजना वनाउने स्थानीएको भनाई छ ।
जमिन थर्किएर पानीको मुहान पुरियो ।’ धरमपानी बाट चौरपानीसम्म खानेपानी लगिएको छ । मुहान माथिबाट सडक खनेपछि मुहान सुक्यो । सरकारलाई दवाव दिन रित्ता गाग्री बोकेर भैलो खेलिएको छ । चौरपानीमा साढे ३ सय घरधुरी छ ।
‘वर्षौंदेखि खानेपानीको समस्या सुल्झिएको छैन’ स्थानिय कृष्णराज पाण्डेले भने, ‘कसैको ध्यान नगएपछि भैलो खेलेरै सहयोग संकलनमा लागेका छौं ।’ ‘यो स्थानीय सरकारलाई दवाव पनि होे।’उनले भने,‘ खानेपानी सुविधाका लागि स्थानीय सरकार उदासिन भयो ।’