इलाम : राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १ सय ३४ औं जन्मजयन्ती आज (आइतबार) विविध कार्यक्रमका साथ मनाइदैछ ।
फाल्गुनन्दको जन्मस्थान इलमको माङसेबुङ गाउँपालिका र देहत्याग गरेको स्थान पाँचथरको फाल्गुनन्द गाउँपालिका सहित पूर्वका सबैजसो जिल्लाका विभिन्न स्थानमा फाल्गुनन्दको जन्मजयन्ती मनाइदैंछ । किरात धर्मको प्रर्वधनस“गै समाजिक विभेद विरुद्ध उनले दिएको योगदानको कदरस्वरुप प्रत्येक वर्ष २५ कात्तिकमा फाल्गुनन्दको जन्मजयन्ती मनाउँदै उनको सम्झना गरिन्छ ।
इलामको माङसेबुङ गाउँपालिकाको माङसेबुङ, इभाङको चुक्चीनाम्बा, गजुरमुखी, फाकफोकथुमको एकतप्पा, फुएतप्पा, माई नगरपालिकाको दानाबारी, महमाई, सन्दकपुर गाउँपालिकाको माबु, जमुना तथा चुलाचुली गाउँपालिकाका विभिन्न सहित किरात बाहुल्यस्थानमा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाईदैछ । यस्तै पाँचथरको फाल्गुनन्दको सिलौटी र लब्रेकुटीमा भव्य रुपमा जन्मजयन्ती मनाइदैछ ।
पाँचथरको फिदिममा फाल्गुनन्दका शालिक अनावरण कार्यक्रम तय गरिएको छ । त्यसका लागि वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रहाङमा लिङदेन विहान फिदिम पुगिसकेका छन् । त्यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने तय गरिएपनि अस्वस्थताका कारण उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल फिदिम पुगिसकेका छन् । त्यहा“ फाल्गुनन्दको सन्देशलाई प्रचार गर्नका साथै किरात धर्म परम्परा अनुसार पुजाआजा गरिने कार्यक्रम तय गरिएको छ ।
फल्गुनन्दले सांस्कृतिकरुपमा प्रयोग गरिने मदिरा, बलिप्रथा, महिला विभेद र जातिय विभेदका विरुद्ध राणा शासन कालमा नै अभियान सुरु गरेको र त्यसको सान्दर्भिकता अहिले प्रश्ट भएको धार्मिक अभियान्ताहरु बताउँछन् । सरकारले राष्ट्रिय विभूतीको रुपमा घोषित गरे पनि राष्ट्रिय पर्व मान्दै २५ कात्तिकमा सार्वजनिक बिदा दिइनुपर्ने माग सम्बोधन नभएको धर्मानुरागीको भनाई छ । नेपाल सरकारले १६ मंसीर २०६६ मा तत्कालिन फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
इलामको माङसेबुङ गाउँपालिकाको इभाङस्थित चुक्चिनम्बामा २५ कात्तिक १९४२ मा जन्मिएका फाल्गुनन्दले ७ वर्षको उमेरदेखि नै ज्ञान प्राप्त गरेर समाज सुधारमा लागेको किरात धर्मालम्बीहरुको विश्वास छ । उनले देउमाई नगरपालिका ९ जितपुर खत्रक्पा खोल्सी माईखोलाको किनारमा ज्ञान प्राप्त गरेको किरात धर्मालम्बीहरुको दावी छ । भारतीय सेनामा समेत काम गरेका फाल्गुनन्दले फर्केर धर्म प्रचारमा लागेका थिए ।
माङसेबुङस्थित वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनका साईनोमा बाजे पर्ने फाल्गुनन्दले उतिबेला पा“चथरको लब्रेकुटी र सिलौटी, ताप्लेजुङको कावेली, निगुरादिन, कुम्भकर्ण, इलामको जितपुरलगायत स्थानमा किरात मन्दिर बनाएका थिए । समाज सुधारकस“गै किरात धर्मालम्बीहरु धर्मगुरुलाई दैवीशक्ति प्राप्त व्यक्तिको रुपमा सम्झन्छन् । धर्मगुरुको सम्मान र स्मृतिमा किरात बाहुल्य क्षेत्रमा मन्दिर निर्माण गरेर उनको सामाजिक सुधार र धार्मिक बाटोमा हिड्नेहरुको संख्या बढ्दो छ ।
किरातीहरुले प्रयोग गर्ने मुन्नधुमलाई लिपिवद्ध गर्ने काम पनि उनले गरेको जानकारहरु बताउँछन् । उनले प्रतिवादन गरेको धर्मलाई किरात हाङसाम साम्यो भनिन्छ । सत्य र शान्तिको मार्गमा लाग्न उनले धर्ममार्फत अभियान चलाएकाले यो धर्मालम्बीलाई सत्यहाङवा पनि भनिन्छ । ‘१९८८ बैशाख २४ गते किरा“तीहरुको भेलाले सत्य र शान्तिको पक्षपाती भएकाले धर्मको नाम नै सत्यहाङवा राख्ने निश्कर्षमा पुगे,’ किरा“त धर्म तथा साहित्य उत्थान संघका आङवुहाङ अवोध अविरलले भने, ‘अहिले साझा रुपमा किरात धर्म भन्ने गरिएको छ ।’
फाल्गुनन्दको निधन २२ चैत २००५ मा पा“चथरको फाल्गुनन्द गाउँपालिकास्थित सिलौटीमा भएको हो । उनले तपस्या गरेका स्थान, जन्मस्थान, निधन भएको स्थान र महत्वपूर्ण काम गरेका क्षेत्रलाई तिर्थस्थलकोरुमा लिइने गरेको छ । सरकारले किरातीहरुलाई मात्र जन्मजयन्तीको बिदा दिएर विभेद गरेको किरात धर्मावलम्बीहरुको गुनासो छ ।
जन्मजयन्तीका अवसरमा इलामका चार स्थानीय तहले भने आइतबार सार्वजनिक विदा दिएको छ । चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथसम गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।