दैलेख : दैलेखको दुल्लु नगरपालिकास्थित दुल्लुबजारमा शनिबार जुवा खेलिरहेको समूहलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि आक्रमण हुँदा प्रहरीले हवाईफायर गरेको छ ।
करिब २० जनाको संख्यामा रहेकाहरुले बाटो अवरुद्ध पारेर जुवा खेलिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन ४ राउन्ड हवाईफायर गरेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।