इलाम : बैदेशिक रोजगारिमा रहेका इलामको एकतप्पाका एक युवाले हजुरबुवाको सम्झनामा अक्षय कोषको स्थापना गरेका छन ।
रोजगारिको लागि हाल दक्षिण कोरियामा रहेका हरी खनालले फाकफोकथुम गाउपालिकाको एकतप्पामा रहेको श्री सिंह देबी माबिमा २ लाख १ हजार १ सय ११ रुपैयाको शैक्षिक छात्रवृति अक्षय कोषको स्थापना गरेका हुन ।
आफ्ना स्वर्गिय हजुरबुवा मित्रलाल खनालको सम्झनामा कोष स्थापना गरेको उनले बताएका छन । खनाल कि श्रीमती संदिपा खनाले एक कार्यक्रमका बिच बिद्यालयलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी छिन ।
कोषबाट वार्षिक रुपमा सोही बिद्यालयका गरिब ,अपाड्ग ,जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिने छ । बिगत ५ बर्ष देखी कोरियामा रहेका खनाल लामो समय देखी परोपकारी सस्थामा आबद्द भई समाज सेवामा सकृय रहेका छन ।