कागे नकआउट फुटबल प्रतियोगिताको उपाधी रेडहर्स इलामलाई

सन्दकपुर : यस बर्षको कागे नकआउट फुटबल प्रतियोगिताको उपाधी रेडहर्स इलामले चुमेको छ । करिब ७ हजार दर्शक सामुन्ने जमुनाको भानुदय नि मा बि को खेल मैदानमा भएको फाइनल खेलमा रेडपाण्डा फुटबल क्लाब इङलालाई २-१ ले पछि पार्दै उपाधी उचालेको हो ।खेल सुरु भएको ८ मिनट् मै रेडपाण्डाको गोलकिपरले पन्जबाट बल फुत्केको बललाई रेडहर्शका खेलाडी मनिस राइले गोलको दिशा दिएका थिए । दुवै टिमले राम्रो अवसर पाए पनि गोल गर्न नसक्दा मध्यान्तर अगाडि खेल १-० मा सकिएको थियो मध्यान्तर पछि भएको खेलको ७ मिनेटमा नवराज राइको पासमा सन्तोष राइले सेकेन्ड बार च्याप्दै गोल गरेर खेल बराबरिमा पुर्याए पनि त्यसको सात मिनेटमा नै बिपक्षी डिफेन्सको गल्तिको मौका उठाउदै रेडहर्सका मनिस मगरले गोल गर्दै जितको नजिक पुर्याए ।

आजको खेलमा रेडपाण्डाले ७० प्रतिसत खेल आफ्नो नियत्रणमा राखे पनि गोल गर्न सकेन खेल सकिन केही समय बाकी छदा २ वटा राम्रो अवसर बनाए पनि रेडपाण्डाले खेर फालेको थियो । कागे नकआउट फुटबल प्रतियोगितामा उत्कृष्ट गोल किपर नुनथला फुटबल क्लब जमुनाका पुजन गुरुङ उत्कृष्ट डिफेन्स र उत्कृष्ट खेलाडीमा रेडपाण्डाका क्रमस नवराज राई र राम गोले चुनिए त्यस्तै बेस्ट स्कोररमा रेडहर्स इलामका मनिस राई भए उनले खेल अवधी भरमा जम्मा ७ गोल गरेका छन । कातिक १२ गते देखि सन्चालन भएको कागे नकआउट फुटबल प्रतियोगिता मा भारतको २ टिम सहित २४ टिमले भाग लिएको थियो । आज फाइनल खेलमा बिजेता तथा उपबिजेता र विभिन्न बिधामा उत्कृष्ट खेलाडीहरुलाई सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले पुरस्कार बितरण गरेका थिए ।  यस बर्ष प्रथम पुरस्कार १लाख १सय११रुँपया र दोस्रो ५० हजार ५१ रुपँया ,टर्फी ,मेडल र प्रमाणपत्र रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार