अाधुनिक संगीतमा भविष्य खोज्दै अनिल 

कन्याम : इलामले जन्माएको थुप्रै कलाकर्मीहरु राष्ट्रिय स्तरमा स्थापित भै देश बिदेशमा अाफ्नो प्रस्तुति दिएर प्रसस्त नाम र दाम कमाईसकेका छन् ।
कतिपय अाधुनिक संगीतमा अाफ्नो भाग्य र भबिष्य खोज्न संघर्षरत छन्  तिनै भीडमा पछिल्लो पटक उदाएका एक गायक हुन कन्याम सिद्धिगाउको अनिल घिमिरे ।
२०५२ सालमा जन्मिएका यी नवोदित गायक घिमिरे अाधुनिक गीत संगीतको क्षेत्रमा निकै राम्रो सम्भावना बोकेका प्रतिभा हुन । पेशाले शिक्षक रहे पनि अाधुनिक गीत संगीतमा राख्ने यी प्रतिभा बिशेश गरि भक्तराज अाचार्य  ,नारायण गोपाल ,कुबेर राई ,लेखु विवसका गीत हरु बाट प्रभावित रहेको बताउछन् ।
तपाईंका उमेरका युवा हरु र्याप ,रिमिक्स र बिदेशी संगीतमा रमाईरहदा तपाई चाहिँ कसरी सुगम संगीत तिर ढल्कनु भो? भन्ने जिज्ञाशामा उनले अाधुनिक गीत संगीत कालजयी र अमर हुने र अाफुलाई मन पर्ने  बिधा भएको र अाफु यसैमा रमाउने बताए ।
सर्जक पुजन प्रधान को रचना तथा गायक संगीतकार बृष प्रधानको संगीतमा नरोईदेउ सुन्छन अरुले बोलको गीत रेकर्ड गराईसकेका घिमिरे अाजभोलि अन्य अाधुनिक तथा देशभक्ति का गीत रेकर्ड गर्ने तयारीमा लागेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार