रोङ : खुल्ला दिशामुक्त घोसित इलामका बजारहरुमा भएका सार्वजनिक शौचालय प्रयोगमा नआउदा पर्यटकहरुलाइ समस्या भएको छ ।
इलाममा पर्यटकहरुको मुख्य सिजन चलिरहदा इलाम भित्रने पर्यटकहरु हरेक दिन बढीरहेको भएपनि प्रबेश गरेको केही समयपछि भेटिने हर्कटे बजार आइपुग्दा नै सार्वजनिक शौचालय अभावमा आगन्तुकहरुले दुख मान्ने गरेका छन् ।
सुर्योदय नगरपालिका र रोङ गाउपालिकाको सिमानामा रहेको हरकटे बजारमा सार्वजनिक शौचालय भने नभएको हैन । करिव एक दशक अघि बनेको शौचालय बजारको बिचमानै रहेको र उचित ब्यवस्थापन नहुदा स्थानिय बासीहरुले दुर्गन्धित हुने भनेपछि निमार्ण भएको केही समयपछिनै बन्द गरिएको र हालसम्म प्रयोगमा नआएको हर्कटे बजारका एक स्थानियले बताए ।
तत्कालिन समयमा सानो रहेको बजार बिस्तार भएर ठूलो भएको सगै ब्यपारिक केन्द्र सगै इलाम भित्रने र बाहिरने पर्यटकहरुको घुइचाे नै हुने गरेको भएपनि अति आवश्यक मानिने सार्वजनिक शौचालय नहुदा आफुहरुहरुलाइ समस्या भएको सिन्धुलीबाट इलाम घुम्न आएको बताउने मोहन तामाङ्गले गुनासो गरे ।
यता सार्वजनिक शौचालय नभएपनि यहाका होटलहरुमा आएका र बस्नेहरुलाइ भने समस्या छैन कतिबेला त चिने जानेका र अन्यहरुले पनि होटलहरुमा अनुमति मागेर आउने गरेको एक ब्यवसायिले बताए ।
यता सुयोदय नगरपालिका वडा नं ६ का बडाध्यक्ष शिव कुमार बस्नेत र रोङ गाउपालिका वडा नं ३ का वडाध्यक्ष मात्रिका वराल सग तपाइहरुको वडामा आएका पाहुनाले शौचालय अभावको गुनासो गर्दा रहेछन् नी भन्ने जिज्ञासा राख्दा आफुहरुले हर्कटेमा सार्वजनिक शौचालयको आवश्यक्ता रहेको महुसस गरेको भएपनि अहिले जग्गा खोजी गर्ने कार्य भइरहेको र उपयुक्त स्थानमा जग्गा पाइने बित्तिकै शौचालय निमार्ण गर्नेू समान जवाफ दिनुभयो ।
तर अन्तर स्थानिय निकायहरुले आपसमा समन्वय नगरि कसले बनाउने भनेर मुख ताकाताक गरेको कारण आगन्तुक र सर्वसाधरण नागरिकहरुले सास्ति बेहोर्नु परेको त होइन भन्ने केही नागरिकहरुको अनुमान समेत रहेको छ । जे होस सुन्दर इलामको प्रबेशको केही क्षणमै आगन्तुकहरुलाइ अभावको महसुस गराउनु भन्दा सबै पक्षले समन्वय गरेर समस्याको समाधान गराउदै इलामको सभ्य परिचय गराउनु उचित हुने स्थानिय बासीहरुको अपेक्षा रहेको छ ।