लेटाङ : किरात साम्यो नालिफुङ्वा थुम मोरङको चौथो जिल्ला अधिवेशनबाट आकाश लङ्वाको अध्यक्षतामा निर्वाचित भएका छन् ।
शनिबार लेटाङ नगरपालिका ४ मा रहेको किरात हाङसाम माङ्हिमको सभाहलमा भएको अधिवशेलनले लङ्वाको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
समितिका उपाध्यक्षमा कल्पना चबेगु र यमन मुसाहाङ लिम्बू, सचिवमा गगन लिङ्दम, सहसचिव विकेश वजी, कोषाध्यक्ष बिसुमान राई र सहकोषाध्यक्षमा बिना मादेन निर्वाचित भएका छन् ।
सदस्यहरुमा भिम मिभक, डम्बर तुम्बापो, सेमी तुम्बापो, उत्तम इवाहाङ, तेजकुमार चेम्जोङ, जमुना लाओती, सन्दिप चबेगु, दिल माङ्देन, रोषन राइ, लक्ष्मी चबेगु, समिक्षा लेक्वा, एलिसा राई, रमिता इम्सङ, रुपराज खजुम, सपना चेम्जोङ, ओमोहाङ कुरुम्बाङ, खगेन्द्र चेम्जोङ, दिनेश लिङ्दम, मनिषा लिम्बू, धनकुमार वजी लगायत रहेका छन् ।
किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको अध्यक्ष दिपक तिगेलाको प्रमुख आतिथ्यमा नालिफुङ्का पान्जुम्भोका सचिव योगेस लाओती, पान्जुम्भोका सदस्य डिल्लिश्वर मुसाहाङ लिम्बू, किरात धर्म साहित्य उत्थान संघ मोरङका सचिव तथा नालिफुङ्वा पूर्व अध्यक्ष पूर्ण वजि ´चिन्तित` लेटाङ क्याम्पसका प्राध्यापक वनेम, जीवन खेवा, संस्थापक मोरङ जिल्ला अध्यक्ष रबिन्द्र लाओती समेतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा भूतपुर्व अध्यक्ष पुर्ण वजि ´चिन्तित` ले बिगत र बर्तमानको फेहरिस्त बताउँदै नालिफुङ्वालाई अलिकति पनि बिचलित नभई आफ्नो कार्य गर्न अनुरोध समेत गरे । ‘हिजो म पनि नालिफुङ्वा नै हो तर आज म तपाइहरुको सामुन्ने अभिभावक भएर उभिएको छु । नालिफुङ्वाहरुको आवश्यकतालाई महसुस गर्दै कुनै पनि बेला समस्या परेको बेला मलाइ सम्झनुहोस् । म नालिफुङ्वालाई सहयोग गर्न हरबखत तयार छु’ उनले भने ।
कार्यक्रममा विभिन्न संघ सस्था, पाङयक्लुङ पान्जुम्भो, पाङ्भे, पोरक पान्जुम्भोहरुबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष सन्देश तुम्बापोको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य युवाराज लाओतिले गरेका थिए भने कार्यक्रम संचालन सचिव आकाश लङ्वाले गरेका थिए ।