हुरहुरेको छैठौं साधारणसभा सम्पन्न

कन्याम : सुर्योदय नगरपालिका ६ कन्याम स्थित हुरहुरे चिया उत्पादक सहकारी संस्थाको छैठौं  साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले ४६ लाख १५ हजार ९ सय ९१ को आय, ४३ लाख ४३ हजार ६ सय १३ को व्यय र २ लाख ७२ अजार ३ सय ७९ नाफासहितको आर्थिक प्रतिबेदन पारित  गरेको छ ।

त्यसै गरि उत्कृष्ट  चिया बिक्रीवितरण गर्ने कृषकहरु मंगलसिहं तामाङ, ईन्द्रबहादुर भूजेल, कुमार तामाङ, पन्चमाया भुजेल, दधिराम दर्नाललाई पुरस्कृत गरिएको छ । त्यसै गरि उत्कृष्ट कर्माचारी ब्यवस्थापनमा डिल्ली दर्नाललाई पुरस्कृत गरिएको छ ।

वयोवृद्ध तर्फबाट गोमबहादुर तामाङ तथा सुर्यबहादुर भुजेललाई ढाकाटोपी लगाई सम्मान गरिएको कार्यक्रममा संस्थाका प्रत्येक शेयर सदस्यलाई लक्षित गरि एक शेयर एक सोलार कार्यक्रम  यय वर्षबाट शुरुआत गरि स्थानीय टेकबहादुर तामाङ लाई ययपटक उपलब्ध  गराउने  आगामी दिनमा त्यसलाई बढाउदै जाने बताईएको छ ।

त्यस्तै शेयर सदस्य लक्षित कार्यक्रम अन्तर्गत बिरामी खर्च, किरिया खर्च जस्ता नवीन कार्यक्रमहरु समेत यस वर्षबाट थप गरिएका छन् । कन्याम क्षेत्रमा रहेको चिया कृषकको हितमा सकृय चिया कृषकहरुकै पहलमा स्थापित यस चिया सहकारीले बेला बेला चिया सम्बन्धि गोष्ठी तालिम आदि कार्यक्रम पनि गर्दै आएको छ ।

चिया सहकारीले आगामी दिनमा प्रत्येक बर्ष देउसि भैलो कार्यक्रम गर्ने आवश्यक भौतिक सामाग्री खरिद गर्दै जाने संस्थाका संस्थापक प्रेमराज आचार्यले बताए ।

संस्थाका संस्थापक अध्यक्ष प्रेम राज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका तेजराज आचार्यले राखेका थिए । शेयर सदस्य हरु बेदप्रसाद घिमिरे ,फुलमाया तामाङ, मंगलसिहं तामाङ,रोमनाथ आचार्यलगायतले चिया सहकारीबारे आफ्नो भनाइ राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार