सरकारी निकायबाट सहयाेग नभएकाे अदुवा क‍िसानकाे गुनासाे

  गोबिन्द पौडेल
0 Shares

 रोङ : कुनै बेला मेहेनत र पसिना बगाउदा सयौमन अदुवा फलाएर जिवनस्तर सुधारेका किसानहरु अहिले अदुवाको मुल्य बढ्को सुनेपछि मन खिन्न वनाउने गरेका छन ।

कम मेहनत र लगानी गर्दा नै मनग्गे उत्पादन गरेर जीवनयापनको मुख्य श्रोत बनाएको किसानहरुलाइ अदुवामा लागेको रोगले बगानै सखाप बनाएको र  अहिलेसम्म कुनैपनि सरकारी र गैरसरकारी क्षेत्रबाट रोगको उचार नगरिएपछि मासिएको अदुवा खेतीले अहिले राम्रो मुल्य पाएको सुनेपछि किसानहरुले पुरानो उत्पादन र आम्दामी संझदा दुखि बनेका हुन ।

बिगत चालिस पैतिस बर्ष अघिसम्म ग्रामीण जनजिवन कोदो र मकै जस्ता अन्नहरुका आश्रीत रहेकोमा अदुवा खेती भित्रिएपछि सबै गाँउका मानिसहरुको जीवन स्तरमा परिवर्तन आएको अनभुव रोङ ५ इरांटारका ७७ बर्षिय बुद्ध किसान लोक बहादुर पकुवालको अनुभव रहेको छ । “त्यसबेला मकै कोदो खेती छाडेर अदुवा रोपिन्थ्यो, बिउको दाम माउले जसोतसो छिनाउने र एक मनको आठ देखी दश मन सम्म फल्ने गरेको बताउदै आफुले त्यसै समयमा केही जग्गा जमिन जोडेर घर समेत बनाएका ” उनको भनाइ रहेको छ ।

उनी मात्र हैन रोङ ६ का ८४ बर्षिय समसेर पौडेलको अनुभव समेत मिल्दो जुल्दो छ । झापाका बाहुण्डागी र भारतिय बजारहरुबाट घर घरमै अदुवा किन्न ब्यपारीहरु आउने र सडक नहुदा मानिसले डडालेमा र घोडामा बोकाएर लैजाने गरेको र आफुले पचि दुइचार सय मन बेच्ने गरेको सुनाउदै ” जव अदुवा खेती आयो अनिमात्र छोराछोरीलेहरुले कोदोको खोलेबाट जाउलो पाएको “बताउछन्।

यसरी इलामे किसानहरुको आम्दामीको यति दरिलो श्रोत अदुवामा केही बर्ष अघिदेखी बोट पहेलीने भुल्का भुल्का मर्ने, हुदै हरियो बोटनै एकैरातमा लडेर सोतर हुने र गाना समेत कुहिएर गनाउने रोग प्रकोकको रुपमा फैलिएपछि अदुवाको खेती बिस्तापित भएको हो ।

औषधिय गुण भएको मसलाबाली अदुवाको बजार भारत र तेश्रो मुलुक रहेको र यसलाइ प्रसोधन गरेर सुठो,मसला र अन्य परिकारहरु समेत बनाउन सकिने भएतापति सरकारी निकायबाट स्थलगत रुपमिा रोगको पहिचान र उपचारात्मक बिधिहरु नगरिएको किसानहरुको गुनासो रहेको छ ।

अहिले अदुवाको मूल्य सुन्दा बिगतमा अदुवा खेती गरेर जीवनस्तर सुधारेका किसानहरुमा बिस्मद रहनु सामान्य कुरा रहेको सुर्योदय नगरपालिका ६ तारगाउका किसान कुलबहादुर निरौलाको भनाइ रहेको छ । बिगतको बर्षहरुमा जति त उत्पादन छैन तर पनि थोरैे मात्रामा भएपनि केही साता अघि प्रतिमन तीनहजार सम्ममा खरिद गरेको एन्जिला स्टोर हरकटेका प्रोपाइटर दुर्गा निरौलाले बताए ।

संघियता र बिकेन्द्रिकरणको सिद्धान्त अनुसार स्थानिय परिबेस सग जानकारहरुले नै नेतृत्व गरिहेको बताइएपनि कृषि प्रधान मुलुकमा निर्यातमुखी अदुवाको खेती गराउन संघिय ,प्रदेश बा स्थानिय सरकारले चासो नै दिएको छ । किसानको कुरा गरेर नथाक्ने र कृषिलाइ नै आर्थिक समृद्धिको पाटो देख्ने हो भने पौरखी पाखुराहरुलाइ साथ र सहयोग गदै उत्पादनमा लगाएर फाइदा लिन खोज्ने पो होकी ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार