केर्खा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाँउपालिका–३ स्थित केर्खा स्थित सडकखण्डमा आज दिउँसो १२ः ४५ वजे तिर मोटरसाईकल र भेन एकआपसमा जुध्दा एक जनाको मृत्युभएको छ भने एक जना सख्त घाईते भएका छन् ।
मृत्यु हुनेमा पाँचथर जिल्ला कुम्मायाक गाँउपालिका–२ का अन्दाजी २८ वर्षिय श्रवणकुमार शेर्मा रहेको प्रहरीले जनाएको छ । भेन र मोटरसाईकल एकआपसमा जुध्दा मोटरसाईकलमा सवार शेर्माको दमकस्थित लाईफलाईन अस्पताल ल्याउदैं गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले वताए ।
दुर्घटनामा सख्त घाईते भएका मोटरसाईकल चालकको वतन खुल्न नसकेको छैन् । घाईतेको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि पठाईएको प्रनाउ सुब्बाले बताए । दुर्घटनामा संलग्न भेन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।