इलाम प्रिमियर क्रिकेटको उपाधि बिराटनगरलाई

इलाममा शनिवार सम्पन्न प्रदेश १ स्तरीय क्रिकेट प्रतियोगितामा उपाधी जितेपछि वाइआरसिसी विराटनगरका खेलाडी । तस्वीर : नयाँ बुलन्द

इलाम : इलाम क्रिकेट संघद्वारा इलममा आयोजित प्रदेश १ स्तरीय इलाम प्रिमियर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरले जितेको छ ।

इलाम सदरमुकास्थित टुँडिखेलमा शनिबार सम्पन्न फाइनलमा आयोजक इलामको चुनौती पन्छाउँदै वाइआरसिसीले विराटनगरले १ लाख नगद सहित ट्रफि हात पारेको हो । टस जितेको पहिलो ब्याटिङ गरेको विराटनगरले २८ रनले इलामको चुनौती पन्छाएको हो ।

विराटनगरले ७ विकेटको क्षतिमा १ सय ५६ रन जोड्यो । १ सय ५७ रनको लक्ष लिएर व्याटिङमा उत्रिएको इलामले १६ ओभर २ बलमा सवै विकेट गुमाएर १ सय २८ रन मात्र बटुल्यो । उप विजेता बनेको इलामले ५० हजारमा चित्त बुझायो । फाइनल खेलमा ३ विकेट लिएका विराटनगरका सैदुल अन्सारी म्यान अफदी म्याच घोषित भए ।

गत ८ कात्तिकदेखि संचालित प्रतियोगितामा विराटनगरका सुरज पट्टेल उत्कृष्ट व्याट्समेन घोषित भए । त्यस्तै इलामका बलर हेमन राईवेष्ट वलर भए भने विराटनगरका अजय राजवंशी म्यान अफी दि सिरिज घोषित भए । स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै आन्तरिक पर्यटन प्रर्वधन गर्ने उदेश्यले जिल्ला क्रिकेट संघले अहिलेसम्मकै सर्वाधिक राशीको प्रदेश१ स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा १४ टिमको सहभागिता थियो । विजेता तथा उपविजेता टिमका खेलाडीलाई प्रमसख अतिथी प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना र आयोजक समितिका अध्यक्ष मानबहादुर राईले पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार