इलाम : नेपालीहरुको दोस्रो महान चाड तिहारमा आवश्यक पर्ने मखमली र सयपत्री फूल यो वर्ष इलामका किसानका खेत र करेशावारीमा ब्यब्सायिक रुपमा खेती नभएपछी प्लास्टिकका फुलका माला जिल्ला बाहिर बाट ठूलो परिमाणमा आयत हुन थालेको छ ।
तिहारको समयमा सरसजावटका साथै दाजुभाई तथा दिदीवहिनीहरुलाई मालाका लागि समेत प्रयोग गरिने सयपत्री माग अनुसार ब्यबसायिक खेती नभएपछि अन्यत्र वाट आयत गर्नु परेको हो ।
सयपत्री र मखमली फुल आवश्यक मात्रमा जिल्लामा नभए पछि तिहारका लागि लक्षित गरि फुल तथा अन्य सामान विक्री गर्दै आएका व्यापारीहरुले प्राकृतिक फुलको सट्टामा कागज,प्लाष्टिक तथा अन्य कृतिक फुलका मालहरु विक्री वितरण गर्न थालेका छन । तिहारको समयमा घरको झ्याल र ढोका सजाउन फूलको माला लगाउने परम्परा अनुसार वजारमा फूलको माला र फूल किन्न आउनेहरु निराश वन्दै कृतिम मालाहरु लिएर जान वाध्य हुन थालेका छन ।
यस बर्ष केही स्थानमा फुलेका अधिकांश बोटमा फुल फक्ररी सकेका छन भने केही बोटहरुमा भर्खर कोपिला मात्रै लाग्दै गरेको देखिन्छन त कतिमा त्यो समेत पनि छैन । गत वर्षहरुमा दशैंको आगमनसँगै सयपत्री फूल फूलेर पँहेलै तथा मनोरम देखिने गाउँ बस्तीमा यस पटकको तिहारमा आवश्यक पर्ने फूल अन्यत्रैबाट खरिद गर्नु पर्ने बाध्यता रहेको इलामका पुष्प ब्यब्सायीहरुको भनाइ छ ।
इलाममा परापूर्वकाल देखि नै लगाईदै आएको सयपत्री फूल ठाउँ विशेष अनुसार थुँगे फूल, हजारी फूल आदि नामले पनि चिनिन्छ परम्परागत रुपमा विभिन्न प्रयोजनको निम्ति रोपिने सयपत्री फूल जुनसुकै ठाउँ र हावा पानीमा उम्रन सक्ने विज्ञहरु बताउँछन् ।
नयाँ प्राविधिक ज्ञान सीप र दक्षता बढाएर ब्यवसायिक बनाउन सके आउने दिनमा सयपत्री फूलको अभाव टार्न एवं आय आर्जनको मार्ग फैलाउन सजिलो माध्यम सयपत्री फूल बन्ने देखिन्छ ।