जितपुरमा खुल्ला नकआउट फूटबल प्रतियोगिता

  नन्दन सर्वत लिम्बू
0 Shares

जितपुर : इलामको देउमाई नगरपालिका ९ जितपुरमा सोमबादेखि फूटबल प्रतियोगिता हुने भएको छ ।

शुभदिपावली तथा छठ पर्वको अवसरमा नेपाल तरुणदल साविका जीतपुर गाउँ कार्य समितिले खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

फुटबल प्रतियोगिताका विजेता टिमलाई नगद ५१ हजार र उपविजेता ३१ हजार, मेडल र प्रमाण पत्र दिइने आयोजकले जनाएको छ । त्यस्तै खेलभरी उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र सबैभन्दा बढि गोल गर्ने खेलाडीलाई ट्रफि र मेडल प्रदान गरिने जनाएको छ ।

प्रतियोगिता जीतपुर माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न हुने आयोजक तरुणदल जीतपुर गाँउकार्य समिति अध्यक्ष याम तुम्बाहाम्फे जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार