काठमाडौं : नेपाल मलेसिया श्रम समझदारी तत्काल कार्यान्वयन गर्न असज भएको छ । नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारे को मुद्धा र वैदेशिक रोजगारी व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन देखिएको हो ।
मलेसियाले नेपालमा रहेको संयन्त्रबारे समीक्षा भईरहेको भन्दै पुरानै संयन्त्रमार्फत नेपाली कामदारको भिसा प्रक्रिया बढाउन अनुरोध गरेको छ । नेपाल सरकारको असहमति रहँदारहँदै भिसा प्रक्रियाका लागि भीएलएन, वान स्टेप सेन्टर र सुरक्षा जाँचका नाममा मलेसियाले कामदारबाट शुल्क उठउँदै आएको थियो ।
यसलाई ठगी भन्दै श्रम मन्त्रालयले जेठ २ गतेदेखि मलेसिया कामदार पठाउन बन्द गरेको थियो ।, आजको कान्तिपुर दैनिकमा खबर छ ।