सन्दिपको घातक बलिङ मद्धतमा आइपिएल क्रिकेटमा आयोजकको सनसनीपूर्ण जीत

  पुग्यो फाईनलमा, फिदिम ६९ रनले पराजित
0 Shares

इलाम : सन्दिप ढुंगानाको घातक बलिङ मद्धतमा आयोजक इलामले पाँचथरको फिदिममाथि सनसनीपूर्ण जित निकाल्दै प्रदेश नम्बर १ स्तरीय इलाम प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि होडमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा इलामले फिदिमलाई ६९ रनले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर एकसय ६३ रनको बिशाल योगफल बनायो ।

मध्यमक्रमका ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन नसकेपनि सुरुवाती ओपनिङ ब्याट्सम्यानले बिस्फोटक ब्याटिङ गरेर टिमको स्कोर उकासेका थिए । फिदिमका बलरहरुले आयोजकका ब्याट्सम्यानलाई रोक्न निक्कै मुस्किल परेको थियो ।

आयोजकका लागि अंकित सुबेदिले २७ बलमा ४१ र अर्जुन पौडेलले २४ बलमा सर्वाधिक २५ रन बनाए । फिदिमका कमल ओलिले दुई विकेट लिए । एकसय ६४ रनको बिजयि लक्ष्य पछयाएर ब्याटिङमा आएको छिमेकि जिल्ला पाँचथर फिदिम  १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा खुम्चियो ।

आयोजकका तीब्र बलरहरुसामु खुलेर खेल्न नसकेको फिदिमका लागि कमल ओलिले १५ रनमा बिस्फोटक ब्याटिङ गर्दै ३५ रन बनाएपनि टिमको हार भने टार्न सकेनन् । यो हारसंगै आइपिएल क्रिकेटको उपाधि चुम्ने फिदिमको सपना सेमिफाइनलबाटै अन्त्य भएको छ ।

आयोजकका लागि सन्दिप ढुंगानाले सवाधिक ५ विकेट लिए । उनी आजको खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा भोलि मोरङ र देनपा इलामबीच अन्तिम सेमिफाईनल खेल हुनेछ । भोलिको बिजेताले आउँदो १७ गते उपाधिका लागि आयोजक संग प्रतिष्पर्धा गर्नेछ । जिल्ला क्रिकेट संघ इलामले आयोजना गरेको प्रतियोगितामा इलाम सहित झापा, मोरङ, पाँचथर र भारत दार्जिलिङको एक टिम सहित १४ वटा टिमको सहभागिता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार