कन्याम : बीसौं बर्ष पुरानो काठका पोल हरु जीर्ण बनेका कारण बर्षायाममा अलि ठूलो हावा हुरि चल्दा पोल ढलेर धन जनको क्षति हुने त होइन भन्ने चिन्ता मा रहने कन्यामका बासिन्दा ले बल्लतल्ल नयाँ फलामे पोल पाएका थिए ।
जनप्रतिनिधि ,टोल बिकास संस्था र स्थानीय को पहलमा सिमित संख्यामा बिद्युत प्राधिकरण शाखा फिक्कलले उपलब्ध गराएको महिना दिन बितिसक्दा पनि पोल गाडिएको छैन ।
२०५३ सालमा बिद्युत बिस्तारको समयमा गाडिएका अधिकाशं काठे पोलहरु अहिले जीर्ण बनेर कतै टेका लगाएर थाम्नु पर्ने कतै रुखमा बाधेर थाम्नु पर्ने अवस्थामा पुगे पनि कसैको ध्यान जान नसकेको गुनासो स्थानीयको छ ।
करिब १० वटा पोल हरु तत्काल फेर्नु पर्ने भएको जीर्ण पोल हरुको फोटो खिचि प्राधिकरण लाई बुझाईने स्थानीय लेखनाथ दाहालले बताएका छन ।
तर प्राप्त भैसकेको पोल नै महिनौ देखि बाटोमा अलपत्र रहेको देख्दा भने पोल मागेर मात्रै केही नहुने यस क्षेत्रका बासिन्दा बताउछन ।
यता विद्युत प्राधिकरण फिक्कल बाट पोल गाड्नको लागि प्राविधिक टोली हाल सम्म नपठाएको र उपभोक्ता ले अाफै पैसा खर्च गरेर पोल गाड्ने अवस्था नभएको ले ढिलाइ भएको वडा सदस्य वीर बहादुर भुजेलले जानकारी गराए ।