हाजिरी जवाफको लागि छानियो कृष्णाश्रम

कन्याम : सुर्योदय नगरपालिका स्थित  कृष्णाश्रम मा वि को प्राङ्गणमा हाजिरी जबाफ कार्यक्रम सम्पन्न भएको छ | सुर्योदय नगरपालिकाको शैक्षिक क्यालेन्डरमा उल्लेखित कार्यक्रम अन्तरगत वडा नम्बर ७ मा अवस्थित श्री कृष्णाश्रम मा वि को प्राङ्गणमा सम्पन्न भएको छनौट चरणको हाजिरी जवाफ प्रतियोगितामा श्री कृष्णाश्रम मा बि छनौट भएको छ।
साबिक कन्याम गाविस भरिको बिद्यालयहरु पंचकन्या अा वि,सिद्ध अा वि, पद्म अा वि,बाल बिकास अा वि,सरस्वती निवास अा वि,पद्मकन्या अा वि,भाग्योदय अा वि तथा नवज्योति अा वि गरि जम्मा ८ बिद्यालय हरु सहभागी भएकोमा श्री कृष्णाश्रम मा वि ले जम्मा २६ अङ्क हासिल गरि पहिलो बन्दै छनौट मा परेको हो ।
जेनेरल राउन्ड ,अडियो भिडियो राउन्ड ,मेमोरि राईटिङ तथा रेपिड राउन्ड लगायतका राउन्ड हरु समेत समाबेश गरिएको प्रतियोगितामा क्रमश २२अङ्कका साथ नवज्योति दोस्रो र१७ अङ्कका साथ बालविकास तेस्रो भएको थियोे ती मध्ये पहिलो हुने श्री कृष्णाश्रम मा वि ले नगर शिक्षा समितिले फिक्कलमा अायोजना गर्ने हाजिरी जवाफ प्रतियोगितामा सामेल हुने अवसर पाउने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार