सन्दकपुर : इलामको उतरी सन्दकपुर गाउँपालिकामा जारी कागे गोल्डकपको आज तेस्रो दिन ३ टिम दिस्रो चरणमा पुगेका छन् ।
आजको पहिलो खेलमा जौबारी जमुनाले प्याङ भेट्रान लाई ५-१ को सहज जित निकाल्दै आफ्नो दोस्रो चरण सुरक्षीत गरेको हो त्यस्तै दोस्रो खेलमा माइभ्याली इलामले माबुलाई ३-१ को जित निकाल्दै स्थान ओगटेको थियो भने आजको अन्तिम खेल शान्ती डाडाले रुङसुङ पशुपती नगरलाई ३-१ ले हराउदै दोस्रो चरणमा पुगेको छ ।
कार्तिक १२ गते देखि २० गते सम्म सन्चालन हुने कागे नकआउट गोल्ड्कपमा प्रथम पुरस्कार १लाख१ सय ११ रुपया रहेको छ जम्मा २४ टिमको सहभागी रहेको छ
भोलिको पहिलो खेल नवज्योती खेल संघ सुलुबुङ र जमुना ४ दाङसे दोस्रो खेल Black horse ilam र लब्ली युवा क्लब जोगमाइ र भोलिको अन्तिम खेल नुनथला जमुना र साहारा समाज प्याङ बीच हुने आयोजकले जानकारी दिएको छ।

















































