प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको अस्पतालले जनाएको छ ।

केही दिन यता काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको आज बिहान गरिएको सबै परीक्षण राम्रो र सन्तोषजनक भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

उपचार संलग्न चिकित्सक डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले अनौपचारिक रुपमा कामसमेत गर्न थालिसकेको जानकारी दिए ।

आज बिहान प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गरी शान्ति सुरक्षा मजबुत बनाउन निर्देशनसमेत दिएको डा.सायमीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई दिइएको एन्टिबायोटिकको पूर्ण डोज सकिएपछि मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

चिकित्सकहरुले उनलाई अझै दुई/तीन दिन अस्पतालमै बसेर आराम गर्न सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार