विराटनगर : प्रदेश नं १ को सरकारले प्रादेशिक योजना आयोग गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको प्रदेश नं १ को मन्त्रिपरिषद् बैठकले प्रदेशको गठन आदेश पास गर्दै प्रदेश योजना आयोग गठन गरेको हो ।
बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरलाई नियुक्ति गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
बैठकले सुनसरी जिल्लाको कोशी गाँउपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि वढाउन तथा मध्य पहाडी लोकमार्ग अन्र्तगत तेह्रथुम र फिदिमलाई नयाँ शहरका रुपमा विकास गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।