देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ

काठमाडौं : देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ ।

मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा आफूलाई पायक पर्ने समयमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार