इलाम : इलाम नगरपालिकाले यही कात्तिक २५ गते लगानी सम्मेलन गर्ने भएको छ ।
आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको हो ।
स्थानीयको आम्दानी बढाउँदै समृद्धिको गन्तव्यमा पुग्न देशभरका मुख्य लगानीकर्ताको भेला आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
लगानी सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, गैरआवासीय नेपाली संघ, होटल महासंघ, नेपाल पत्रकार महासंघलगायतका संघ–संस्थाका प्रतिनिधि सहभागी हुने बताइएको छ ।