पाँचथरमा अदुवा खेती सम्बन्धि अन्तरक्रियात्मक गोष्ठी संचालन  

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर :अदुवा उत्पादन हुने पकेट क्षेत्रका कृषकलाई दिगो व्यावसायमा प्रोत्साहन गर्ने उदेश्यले उत्पादन मुखी लगानी तर्फ केन्द्रित गर्न गाउँपालिका स्तरीय गोष्ठी संचालन भइरहेको छ।
यसै क्रममा फाल्गुनन्द गाउँपालिकामा राष्ट्रिय कृषक समूह महासंघ नेपाल,पाँचथरले कार्यक्रमको आयोजना गरेको छ। महासंघ जिल्ला अध्यक्ष गणेश पोख्रेलको अध्यक्षतामा गाउँपालिका प्रमुख अमरकुमार नेम्वाङको प्रमुख आतिथ्यमा एक दिने अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ।
तालिमका लागि पैरवी चुनौती कोष/आईएलओको सहयोगमा  प्रशिक्षण संचालन गरिएको कार्यक्रम संयोजक तिवेन्द्र खतिवडाले जानकारी दिए।
मिक्लाजुङ्ग गाउँपालिकाको वडा न.१ र २ लाई फाल्गुनन्द गाउँपालिकाको गोष्ठीमा समावेश गरिएको छ भने एक नगरपालिका सहित अन्य सबै पालिकामा गोष्ठी धमाधम हुँदै गरेको खतिवडाले जनाए।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नेम्वाङले भने- संकलन केन्द्र र कृषि डेस्कको व्यवस्थालाई प्राथमिकता दिंदै अन्य विषयलाई समावेश गरिने प्रतिबद्धता व्यक्त गरे।
चालु आर्थिक बजेटमा करिब ६० लाख रुपैयाँ कृषि लक्षित कार्यक्रमको लागि रकम विनियोजन गरिएको उनले बताए।
कार्यक्रममाको शुरुमा विषय वस्तुको प्रवेश संगै महासंघ जिल्ला अध्यक्ष पोख्रेलले कृषकका गुनासा,समस्या र मुद्दाहरुलाई स्थानीय सरकारले नीति निर्माण गर्दा समेट्न सकिने विषयहरु बारेमा प्रष्ट पारेका थिए।
सामुदायिक विद्यालयको पाठ्यपुस्तकमा कृषि विषय समवेश गर्न सकिने,संकलन केन्द्र स्थापना,विषादी न्यूनीकरण, स्थानीय रैथाने जातको संरक्षण,प्राविधिक ज्ञान सिपको हस्तान्तरण,वैदेशिक पलायन कम गरि कृषि क्षेत्रमा ल्याउने,उत्पादन र उपभोक्ता बीचका विचौलिया निरुत्साहित जस्ता महत्त्वपूर्ण विषयलाई समावेश गरि नीति निर्माण गर्न सके कृषि व्यावसायको थप प्रबर्द्धन हुने बताए। गोष्ठीमा पूर्व वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले सहजीकरण गरेका थिए।
अदुवाको लागि उपर्युक्त हावापानी,जमीनको तयारी,रोप्ने सिजन साथै तरीका,अदुवाका किसिमहरु र लाग्ने रोग आदि बारे प्रशिक्षण दिए।
अदुवाको बजारीकरण,ग्रेडिङ्ग,प्रशोधन,कृषि यान्त्रिकिकरण,मुल्य सूचना बारे जानकारी तथा अदुवा खेतीका मुल्य शृङ्खला लगायतका विषयहरुको जानकारी गराएका थिए।
गोष्ठीमा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बे,कृषि ज्ञान केन्द्र ताप्लेजुङ र पाँचथरका प्रमुख  हर्षहाङ राई,उद्योग बाणिज्य संघ पाँचथरका सहजकर्ता प्राध्यापक दुर्गा बराल,नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका अधिकृत गुरुराज तिम्सिना,महिला जागरण संघ पाँचथरका अध्यक्ष मिना रिजाल केरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए।
पालिकाका सम्पूर्ण वडाका अध्यक्ष,संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थित रहेको गोष्ठीलाई कृषक समूह महासंघ फाल्गुनन्दका अध्यक्ष तथा कृषि प्राविधिक शेखर घिमिरेले संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार