वडा खेलकूद समिति र एफसी विजयी

  गोविन्द लामिछाने
0 Shares

फुएतप्पा : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ४ फूएतप्पामा प्रथम त्रिवेणी गोल्डकप खुल्ला पुरूष नकआउट फुटबल प्रतियोगितामा फाकफोकथुम गाउँपालिका वडा नं. ४ को वडा खेलकूद समिति र एफसि रबी विजयी भएको छ ।

वडा खेलकूद समिति र बेहुलीढुंगा युवा समूह रबीबीच आज भएको पहिलो खेलमा वडा खेलकूद समितिले बेहुलीढुंगा रबीलाई २ का विरुद्ध ३ गोल गर्दै विजयी भएको हो ।

पहिलो हाफमा वडा खेलकूद समितिका तर्फबाट ह्यारी सिटौलाले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । पहिलो हाफमै सोही टीमका राज मगरले दोस्रो गोल गरी खेललाई २–० को अग्रता दिलाए ।

खेलको दोस्रो हाफको सुरुवातमै बेहुलीढुंगाका तर्फबाट सुवास श्रेष्ठले गोल गर्दै खेललाई थप रोमाञ्चक बनाए । निक्कै सनसनीपूर्ण खेलमा लगत्तै बेहुलीढंगाका तर्फबाट निरज राईले गोल गर्दै टीमलाई बराबरीको स्थितिमा पु¥याए । निर्धारित समयमा दुवै टीम बराबरीको स्थितिमा पुगेपछि जितको निर्णय अतिरिक्त समयबाट गरिएको थियो । १० मिनेटको अतिरिक्त समयमा वडा खेलकूद समितिको तर्फबाट रिमाल मगरले गोल गर्दै टीमलाई विजयी बनाउन सफल भए ।

त्यस्तैगरी आज हुने भनिएको दोस्रो खेलमा नामसेन ११ धुसेनी उपस्थित नभएपछि एफसि रबीले वाकओभर पायो ।

१६ टीम सहभागी रहेको प्रतियोगिताको विजेताले ५१ हजार १११ र उपविजेताले २५ हजार ५५५ साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका सचिव कविन्द्र राईले जानकारी दिए ।

कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, डिफेन्डर, उदीयमान खेलाडी, अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

भोलीको पहिलो खेल आरोहण सप्तमी र राइजिङस्टार स्पोटिङ क्लब रबी तथा दोस्रो खेल जडिबुट्टे स्पोटिङक्लब खेसेङखोप्पा र मिक्लाजुङ–५ सिक्तेम्वाबीच हुने आयोजक समितिका कोषाध्यक्ष हरि पिठाकोटेले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार