फिदिम नगरपालिकाका लेखाअधिकृत शेर्पामाथि छानबिन हुने

 

news

पाँचथर : पाँचथरको फिदिम नगरपालिकाका लेखाअधिकृत पेम्बा शेर्पाले सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विषयमा लेखा समितिले छानबिन गर्ने भएको छ ।

फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले लेखा अधिकृत शेर्पामाथि छानबिन गर्न निर्देशन दिएपछि लेखा समितिले एक हप्ताभित्रै छानबिन गर्ने भएको हो ।

शेर्पाले गरेको भनिएको अनियमिताका विषयमा तत्काल छानबिन गरी वास्तविकता सार्वजनिक गरिने समितिका संयोजक नरेन्द्र गुरुङले जानकारी दिए ।

अधिकृत शेर्पा दोषी देखिए कानुनी कारबाही गर्नेसमेत गुरुङले बताए ।

लेखा अधिकृत शेर्पाले फिदिम नगरपालिका–४ का मृत्यु भइसकेका कतिपय व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको खुलासा भएको थियो ।imagekhabar बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार