इलाम : पाँच दिवसीय खोज पत्रकारिता प्रशिक्षण सोमबार इलाममा सुरु भएको छ । खोजी पत्रकारिता गर्दै उत्तरदायी व्यवसायी प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज) को आयोजनामा ‘उत्तरदायी व्यवसायका लागि अन्तरराष्ट्रिय श्रम संगठनका मापदण्ड तथा आधारहरु’ विषयक प्रशिक्षण सुरु भएको हो ।
अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा संचालित तालिममा पूर्वका ६ जिल्लाका २१ जना व्यवसायिक आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको छ । प्रशिक्षणमा इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, संखुवासभा र धनकुटाबाट सहभागी छन् । प्रशिक्षणमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिइरहेका छन् ।
प्रशिक्षणको उद्घाटन प्रमुख अतिथी नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज) का १ नम्बर प्रदेश इन्चार्ज दीपिन राईले गरे । फोनिज इलामका अध्यक्ष तथा परियोजना जिल्ला संयोजक राम योङहाङको अध्यतामा सुरु भएको प्रशिक्षणको उद्घाटन कार्यक्रमका वक्ताहरुले प्रशिक्षणबाट लिएका सीपलाई व्यवहारिक जीवनमा प्रयोग गर्न आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथी दिपीन राई, प्रशिक्षक एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू, फोनिजका संघीय सदस्य ख्याम भुजेल, नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष अभिषेक येक्तेन, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश उपाध्यक्ष सोम सुसेली, इलाम शाखाका सहसचिव राजेश पराजुली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको औचित्य परियोजना संयोजक गंगा गुरुङले राखेकी थिइन् । नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज) इलामकी सहसचिव सृजना श्रेष्ठले संचालन गरेको कार्यक्रमको स्वागत फोनिज इलामकी उपाध्यक्ष कौशिला राइले राखेकी थिइन् ।
प्रशिक्षण फोनिज/आइएलओ/एसीएफ परियोजना अन्तरगत सुरु भएको हो ।