माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा जारी नकआउट फुटबल प्रतियोगितामा एएफसी पान्दाम र सुदुङ्ग स्पोर्टिङ्ग क्लब फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार सम्पन्न पहिलो खेलमा एएफसी पान्दाम ले बाङ्गीन फुटबल क्लबलाई ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेलको ट्राइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा बाङ्गीन फुटबल कल्बले १ गोल गर्दा एएफसी पान्दामले भने २ गोल गर्दै उपाधि होडमा पुगेको हो ।
त्यस्तै शनिबार समपन्न दोस्रो खेलमा एफएफसी माइजोगमाईलाई ३-२ गोल अन्तरले पराजित गर्दै सुदुङ्ग स्पोर्टिङ्ग क्लबले फाइनलको यात्रा तय गरेको छ। निर्धारण समयमा खेल १-१ गोलको बराबरीमा सकियो। खेल बराबरी भएपछि खेलको निर्णय लिनका लागि ट्राइब्रेकर सम्म पर्खनु परेको थियो । टाइब्रेकरमा एफएफसी माइजोगमाईले १ गोल गर्दा सुदुङ्ग स्पोर्टिङ्ग क्लबले २ गोल गर्दै ३-२ गोल अन्तरको नतिजा निकाल्दै फाइनल प्रवेशका गरेको हो ।
सो प्रतियोगिताको विजेताले नगद ३५ हजार र उपविजेताले २० हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आगामी १४ कात्तिकमा हुने आयोजकले जनाएको छ।