माईजोग्माईमा पिकअप दुर्घटना

माईजोग्माई : माईजोग्माईमा गए राती पिकअप दुर्घटना भएको छ ।

इलाम नगरपालिका बाट माईजोगमाइ आउदै गरेको मे १ ज २७३९ नम्बरको महिन्द्र पिकअप सनिवार साझ प्याङ को चक्टिबारिमा दुर्घटना हुदा ४ जना घाइते भएका छन  ।घाइते हुनेमा प्याङ मा बि कि शिक्षिका कल्पना थेबे  छोरा युङछो थेबे , सोही स्थानका गोपाल कार्की र  इलाम नगरपालिका बालनगाउका साम्योखाङ लिम्बू रहेका छन ।

घाइतेहरुको झापा स्थित  बिर्ता सिटिमा उपचार भइरहेको र हाल खतरामुक्त रहेको परिवार श्रोतले जनाएको छ । अचानक ब्रेक फेल भई पिकअप बाटो छोडेर ३० मिटर तल झरेको थियो  । चालक भने सम्पर्कमा नरहेको र खोजीकार्य  भइरहेको स्थानियले बताएका छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार