इलामको प्याङ्गमा जडिबुटी प्रशोधन केन्द्र स्थापना

इलाम : इलामको प्याङ्गमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी, धसिंगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्न प्याङ्गका युवा नित्यानन्द दाहालले जडिबुटी प्रशोधन केन्द्र स्थापना गरेका हुन् ।

१६ लाख रुपैयाँको लागतमा दाहालले आफ्नै घर छेउ माइजोगमाई गाउँपालिका–६ मा ओशोनिक जडिबुटी प्रशोधन केन्द्र स्थापना गरेका हुन् ।

यो उद्योगमा धुपी, धसिंगरेबाहेक मेन्या क्यामोमाइल जस्ता सुगन्धित जडिबुटीको प्रशोधन हुने गरेको छ ।

धुपीबाट उत्पादित तेल बाथ रोग र ढाड दुख्ने समस्या भएका व्यक्तिलाई उपयोगी हुने र मेन्थाको तेल दाँत, मुख र पेटमा समस्या भएकाहरुलाई उपयुक्त हुने बताइएको छ ।

यसैगरी कतिपय जडिबुटीबाट उत्पादित तेल परफ्युम बनाउन पनि प्रयोग हुने गरेको छ ।

विदेशमा महँगो मूल्यमा निर्यात गर्न सकिने यस्ता जडिवुटीजन्य तेलको माग उच्च भए पनि निकासी भने गर्न सकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार